|
|
नेपालवाणी रेडियो नेटवर्कमा आज बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै अध्यक्ष यादवले मधेसीलाई भारतीय देख्ने सरकारी रबैयाले मुलुकले निकास पाउन नसकेको बतानुभयो ।
‘केपी ओलीको सरकारले कि हामीसँग वार्ता गर्नु पर्यो कि भारतसँग वार्ता गर्नु पर्यो’, उहाँले भन्नुभयो, ‘सरकार कोसँग वार्ता गर्ने भनेर अलमलमा छ ।’
उहाँले नाकाबन्दी आफूहरूले लगाएको बताउँदै भारतलाई तेल नदिएको भनेर गाली गर्नुको कुनै अर्थ नहुने उल्लेख गर्नुभयो ।
सरकार कुटनीतिक रुपमा असफल भइसकेको बताउनुभएका अध्यक्ष यादवले भन्नुभयो, ‘देश चलाउन कुशलता चाहिन्छ । हास्यव्यङ्ग्य गरेर मुलुक र कुटनीति चल्दैन । भारतसँगको नाकाबन्दी खोल्न कुशल कुटनीतिक पहल चाहिन्छ ।’
सरकार चलाउन प्रधानमन्त्री ओली असफल भइसकेको अध्यक्ष यादवको आरोप थियो ।
अध्यक्ष यादवले भन्नुभयो, ‘प्रधानमन्त्री ओली र उहाँका मन्त्रिमण्डलका सदस्यहरूको अभिव्यक्तिका कारण मुलुकमा समस्या र आपूर्ति व्यवस्था हुन नसकेको हो । परराष्ट्रमामला कुटनीतिक रुपमा समाधान गर्नुपर्छ । भोटेकुकुर भुकेजसरी भुकेर परराष्ट्रमामलाको समस्या समाधान हुँदैन ।
dainiknepal
|
|
No comments:
Post a Comment