Thursday, November 12, 2015

गगुलबाट थाहा पाए अमेरिकनले कुकुर तिहार, नेपाली पण्डित बोलाएर कुकुरको पूजा

गगुलबाट थाहा पाए अमेरिकनले कुकुर तिहार, नेपाली पण्डित बोलाएर कुकुरको पूजा
वाशिंगटन डिसी । अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनिया राज्यको आसबर्न शहरमा पहिलो पटक अमेरिकन परिवारले कुकुर तिहारमा कुकुरलाई पुजेका छन् ।
नेपाली समुदायले कुकुरलाई टीका तथा माला लगाइ पूजेको देखेर अमेरिकन परिवारले पनि नेपालीहरुको चाड मनाई साथ दिएका छन् ।
अमेरिकाको भर्जिनियाको राजधानी मन्दिरका पण्डित मोति लाल शर्मालाई भर्जिनिया राज्यको आसबर्न शहरमा बसोबास गर्ने  फिलिप मार्टिन परिवारले पण्डित शर्मालाई आफ्नै घरमा बोलाई कुकुर पुजा गराई कुकुर तिहार मनाएका छन् ।

मन्दिरका नेपाली पण्डित मोति लाल शर्मा रिजालले बताए अनुसार उनीहरुले मन्दिरलाई दिने चन्दा प्रदान गरि बैदिक हिन्दु परम्परा अनुसार गणेश, लक्ष्मी, नवग्रह कलस थापी पुजा गरि कुकुरलाई पूजा गरेको बताए ।
मार्टिन परिवारले नेपालमा कुकुर पूजा गरिने प्रचलन गुगल खोज तथा अध्ययनबाट थाहा पाएर पूजा गर्न पण्डित खोज्ने क्रममा पण्डित मोतिलाल शर्मा रिजाललाई फेला पारेका शर्माले बताए ।
अमेरिकनहरुले कुकुर पूजा गर्ने भनि अन्य मन्दिरमा धाएको भएता पनि नेपालमा मात्र कुकुरलाई पूजा गर्ने भएकोले आफु पनि नेपाली भएकोले कुकुरको पूजा आफुले गर्छु भनि घरमा गएर पूजा गरि दिएको पण्डित शर्माले बताए । यसको साथै उनीहरुले शाकाहारी खाना पनि खुवाएका थिए ।
हरेक वर्षको कृष्ण चतुर्दशी दिन कुकुरको पूजा गर्ने दिनलाई नरक चतुर्दशी भनिन्छ भने कुकुरलाई मिठो खानेकुरा खान दिने चलन छ ।

कुकुर घरपालुवा आज्ञाकारी, घर रक्षक एवम् गुनिलो जनावर मानिन्छ । कुकुरले सुँघेर अपराधीहरू पत्ता लगाउने र कुकुरलाई भैरवको बहान पनि भनिन्छ । परापूर्वकालदेखि कुकुरलाई वर्षमा एकपटक इमान्दार पहरेदार जन्तुका रूपमा पूजा गर्ने चलन छ ।
सत्यवादी धर्मराज युधिष्ठिरलाई स्वर्गयात्रामा समेत साथ दिने सौभाग्य पाएको कुकुरको मानव जातिसँंग घनिष्ठ सम्बन्ध रहेको पुराणमा उल्लेख छ ।
- dainik nepal

No comments:

Post a Comment