|
|
काठमाडौं, २५ कात्तिक । भारतको अघोषित नाकाबन्दीकाबीच अमेरिकी राष्ट्रपति बराक ओबामाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक पत्र पठाउनुभएको छ । पत्रमा प्रधानमन्त्री ओलीलाई बधाई सन्देश दिँदै राष्ट्रपति ओबामाले अमेरिका नेपालसँग दीर्घकालिन सहकार्य गर्न इच्छुक रहेको बताउनुभएको छ ।
अमेरिकाले विगतदेखि नै नेपाललाई चाँहिने सहयोग गर्दै आएको जनाउँदै नेपालको आर्थिक विकासका लागि दीर्घकालीन सहकार्य गर्न तयार रहेको उहाँले पठाएको पत्रमा उल्लेख छ । उहाँले प्रधानमन्त्रीमा निर्वाचित हुनुभएका ओलीलाई बधाई समेत दिनुभएको छ । राष्ट्रपति ओबामाको पत्र सार्वजनिक गर्दै परराष्ट्र मन्त्रालयले बैशाख १२ को भूकम्पपछि गति लिइरहेका नेपाली जनतासँग अमेरिकी सरकार काँधमा काँध मिलाउँदै अघि बढ्ने समेत बताउनुभएको जनाएको छ । साथै नेपालको लोकतन्त्र संस्थागत गर्ने नयाँ संविधान कार्यान्वयनमा पनि अमेरिकाले सघाउने उल्लेख छ ।
|
|
No comments:
Post a Comment