Tuesday, December 15, 2015

प्रहरीले नेता समातेपछि मधेसी मोर्चाका कार्यकर्ता भागे, भैरहवामा दुई नेता पक्राउ

भैरहवा, २९ मंसिर । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका दुई नेतालाई प्रहरीले पक्राउ गरेको छ ।
रुपन्देहीको नेपाल–भारत नाका बेलहियामा धर्ना दिएर अवरोध गर्न खोज्दा संघीय समाजवादी फोरम लोकतान्त्रिकका रुपन्देही जिल्ला अध्यक्ष महेन्द्र यादव र तमलोपाका जिल्ला अध्यक्ष अजय बर्मालाई मंगलबार दिउँसो पक्राउ गरिएको रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर कार्कीले जानकारी दिनुभयो ।

कार्यकर्ताहरुसहित दशगजा क्षेत्रमा गएर अवरोध गर्न आएका उनीहरुलाई पक्राउ गरेपछि अन्य कार्यकर्ताहरु भागेको प्रहरीको भनाई छ । अहिले उक्त नाकाबाट मालबाहक गाडीहरु भित्रिने क्रम जारी छ ।
-dainik nepal

No comments:

Post a Comment