|
|
धनगढी, २६ मङ्सिर । पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति निर्माणको नेतृत्व गरिरहनुभएका डा बाबुराम भट्टराईले आदिवासी/जनजाती, थारु/मधेसी र खसआर्य समुदायको ‘कलष्टर’लाई समेटेर अघि बढ्न सकेमा सीमाकङ्नको समस्या समाधान हुने बताउनुभएको छ ।
यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उहाँले अहिलेको सीमाङ्कन जग्गाको कित्ताकाट गरेको र काँक्रा चिरेजस्तो भएको टिप्पणी गर्दै ती समुदायलाई नसमेटिएसम्म विवाद साम्य हुन नसक्ने धारणा राख्नु भयो । नेता भट्टराईले तराई-मधेसको समस्या समाधान गर्न सरकार र आन्दोलनरत पक्षबीच सार्थक वार्ता हुनुपर्नेमा जोड दिनुभयो । तराई-मधेसको आन्दोलन आन्तरिक मामिला भएकाले त्यसको समाधान नेपालीले नै खोज्नुपर्ने उहाँको भनाइ थियो ।
उहाँले मधेसी नेता समाधान खोज्न दिल्ली जानु मुर्खता भएको बताउनुभयो । दिल्ली र काठमाडौँ सत्ताले हरेक बेला आ-आफ्नो स्वार्थ अनुकूल गतिविधि गर्ने गरेकाले पछिल्लो समस्या लम्बिएको उल्लेख गर्नु भयो । भट्टराईले नयाँ शक्ति अभियान कुनै पार्टीको परिवर्तित रुप नभएको दाबी गर्नुभयो । रासस तस्वीरः शिवराज भट्टबाट
|
|
No comments:
Post a Comment