Thursday, August 25, 2016

प्रचण्ड सरकारको निर्णयमा एमालेको आपत्ति, मोदीलाई पठाएको पत्र देखाउन माग

प्रचण्ड सरकारको निर्णयमा एमालेको आपत्ति, मोदीलाई पठाएको पत्र देखाउन माग
नेकपा (एमाले) ले सरकारले संविधान संशोधन जस्तो आन्तरिक मामिलामा अवाञ्छित बाह्य चासो निम्त्याउने त्रूटिपूर्ण कार्य गरेको आरोप लगाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले विशेष दूत पठाई संविधान संशोधनबारे छिमेकी भारतलाई पत्र समेत पठाइएको चर्चा सार्वजनिक भएकामा चिन्ता व्यक्त गर्दै एमालेले नेपालको स्वाधीनता र स्वतन्त्र निर्णय गर्ने हैसियतमा आँच पु¥याउने तथा मुलुकको शिर निहुरिने अवस्था आउने कुनै किसिमका काम नगर्ने सरकारलाई सचेत गराएको छ । एमालेको आज सम्पन्न स्थायी समितिको ४३औँ बैठकका निर्णय सार्वजनिक गर्न पार्टीको केन्द्रीय कार्यालय धुम्मबाराहीमा आज आयोजित पत्रकार
सम्मेलनमा सरकारको पूर्णता नपाउँदै र परराष्ट्रमन्त्री रिक्त रहेका अवस्थामा कूटनीतिक अभ्यासमा गलत अर्थ लाग्ने गरी चीन र भारतमा प्रधानमन्त्रीद्वारा विशेष दूत खटाउने कार्य भएकामा एमालेले आलोचना गरेको हो ।

“संविधान एउटा गतिशील दस्तावेज हो । यसलाई समयसापेक्ष बनाइरहनुपर्छ तर अहिले जे आधारमा र जुन ठाउँमा संविधान संशोधनका लागि चर्चा चलाइएको छ, यो आपत्तिजनक र निरर्थक छ ।” एमालेको निर्णयमा भनिएको छ, “संविधान संशोधन हाम्रो देशको आन्तरिक विषय हो र यहाँका राजनीतिक दलले महसुस गर्ने आवश्यकतामा यो निर्भर रहन्छ । कुनै देशको अतिरिक्त चासोका आधारमा देशको मूल कानुन संशोधन हुन सक्दैन । यसले समस्यालाई बल्झाउने काम मात्र गर्छ ।” देशभित्र कुनै छलफल नै नभएर विदेशी भूमिमा गएर छलफल गरिनु आपत्तिजनक भएको भन्दै एमालेले प्रधानमन्त्रीबाट भारतलाई पठाइएको भनिएको पत्र सार्वजनिक गर्न माग गरेको छ । एमालेको बैठक गत साउन ३० गते सुरु भई यही भदौ ७ गते सम्पन्न भएको थियो । बैठकले जटिल परिस्थितिमा गठन भएको पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार मुलुकको विकास र जनपक्षका आधारमा युगान्तकारी भएको, तीनै तहको निर्वाचन संविधानले तोकेको समयमा गर्न र संविधान कार्यान्वयनको कार्ययोजना अघि सार्न सफल भएको ठहर गरेको छ । लोकतन्त्रको आधार र वैधता निर्वाचनबाहेक अरु हुन नसक्ने भन्दै एमालेले स्थानीय तहको पुनःसंरचना गर्दा जनभावनालाई ध्यानमा राख्दै संविधानले व्यवस्था गरेका अधिकारको अभ्यास गर्नसक्ने गरी उपर्युक्त सङ्ख्यामा स्थानीय तह निर्धारण हुनुपर्ने अडान राखेको छ । पत्रकार सम्मेलनमा सामान्य अस्वस्थ्यताका कारण पार्टी अध्यक्ष ओली अनुपस्थित हुनुभएको जानकारी दिइएको थियो । महासचिव ईश्वर पोखरेलले देश र जनताको स्वार्थलाई ध्यानमा राखेर साझा कार्यसूचीका आधारमा एमालेले आगामी दिनमा सहकार्य र प्रतिस्पर्धाका आधारमा आफ्नो भूमिका निर्वाह गर्ने बताउनुभयो । पछिल्लो राजनीतिक परिस्थिति र पार्टी कामकाबारेमा आवश्यक छलफल गर्न एमाले केन्द्रीय कमिटीको सातौँ बैठक २०७३ असोज ५ मा बोलाइएको पार्टीका सचिव योगेश भट्टराईले बताउनुभयो । रासस dainiknepal

Wednesday, August 24, 2016

फेरी काठमाण्डुमा ठूलै भूकम्प गयो

काठमाण्डु– बुधबार दिउँसो करिब ४ बजेर २५ मिनेट जाँदा काठमाण्डुमा ठूलै भूकम्पको धक्का महसुस भएको छ ।
मानिसहरु घर छाडेर बाहिर निस्किएका छन् । भूकम्पले निकै लामो समय घरहरु हल्लाएको थियो । थप जानकारी एकछिनमा दिनेछौँ ।

Tuesday, August 16, 2016

छिमेकीको अनावश्यक दवाव देशका लागि घातक हुन्छ !


प्रेम सागर पौडेल- अध्यक्ष, नेपाल चीन पारस्परिक सहयोग समाज 
२०४४ सालदेखि पत्रकारिता पेशा अंगालेर र सन् 1987 देखि नेपाल चीन पारस्परिक सहयोग समाज गठन गरि नेपाल चीनबीचको ऐतिहासिक मैत्री तथा दौत्य सम्बन्धलाई जनस्तरबाट अझ प्रगाढ सुमधुर र प्रभावकारी बनाउन सक्रिय नाम हो प्रेमसागर पौडेल । उनी भन्छन्– नेपाल चीनबीचको ऐतिहासिक मैत्री तथा दौत्य सम्बन्धलाई जनस्तरबाट अझ प्रगाढ सुमधुर र प्रभावकारी बनाउ जरुरी छ । उनै पौडेलसँग देशको समसामयिक बिषयमा गरिएको कुराकानी :

नेपालको सत्ता राजनीति सधै छिमेकीहरुबाट निर्देशित छ भनिन्छ अहिले भएको सरकार परिवर्तन पनि त्यसकैको प्रभाव हो जस्तो लाग्छ, तपाईलाई ? 
निश्चिय पनि नेपालको राजनीतिमा छिमेकी प्रभाव त छ । नेपाल जस्तो कमजोर र अस्थिर राजनीतिक व्यवस्था भएको देशमा यस्ता प्रभावहरु हुन्छन् नै तर त्यो कुन हदसम्म राख्ने भन्ने कुरा नेताहरुमा निर्भर हुन्छ । उत्तरी र दक्षिणी छिमेकी मध्ये पनि दक्षिणी छिमेकीको प्रभाव बढ्यो भन्ने चर्चा छ र त्यो सतहमा पनि देखिएको छ । यदि त्यस्तो प्रभाव बढ्दै गयो भने त्यो देशका लागि घातक हुनसक्छ । त्यसैले समयमै दलहरुले छिमेकीको चासोलाई आपसी हित, सहयोग र सहअस्तित्वको आधारमा अगाडि बढाउनु पर्छ ।
चिनियाँ राष्ट्रपतिको भ्रमण विथोल्नका लागि सरकार परिवर्तन भएको चर्चा चुलिएको छ, तपाईलाई के लाग्छ ?
सन्चार माध्यमहरुमा तपाईले भनेजस्तो कुरा पनि आइ नै रहेको छ तर प्रधानमन्त्रीज्यूले चिनियाँ राष्ट्रपतिको भ्रमणको व्यवस्था मिलाउछु भनेर भनिसक्नु भएको छ । प्रधानमन्त्री ज्यूले चीनसँग भएका सम्झौताहरुलाई कसरी कार्यान्वयन गर्नुहुन्छ र सुरक्षा चासोलाई कसरी सम्बोधन गर्नुहुन्छ त्यसैमा चीनियाँ राष्ट्रपतिको भ्रमण निर्भर हुनेछ ।

प्रधानमन्त्री ओलीले चीनसँग गरेका सम्झौताहरु पनि यो सरकारले अगाडि बढाउँदैन कि भन्ने आशंका छन् के लाग्छ तपाईलाई ?
प्रधानमन्त्री पुष्पकमल दाहाल स्वयम्ले सार्वजनिक रुपमै चीनसँग भएका सबै सम्झौता कार्यान्वयन गर्ने प्रतिवद्धता जाहेर गर्नु भएको छ र सरकार भर्खर बनेको कारण अहिले नै आशंका गरि हाल्नु पर्ने अवस्था छैन । प्रधानमन्त्रीले सबै सन्धी सम्झौता कार्यान्वय गर्छु भनेर भनिसकेपछि धेरै आशंका गर्नुभन्दा पनि उहाँको व्यवहारले नै त्यसलाई प्रट्याउँला । मलाई लाग्छ उहाँले दुवै छिमेकीसँग समान किसिमले व्यवहार गर्नुहुनेछ ।

निवर्तमान प्रधानमन्त्री ओलीले अहिले देशभक्त छवि बनाएका छन् । के उनी व्यवहारमा पनि यस्तै देशभक्त नेतामै गनिन्छन ?
प्रधानमन्त्री ओली हिजोआज प्रचार गरिए जस्तो देशभक्त नेता होइनन् । भारतीय नेताहरूसँगको ब्यक्तित्व टक्करका कारण उनी भारत विरोधी अझ भनौं बिजेपी विरोधी क्याम्पमा उभिएका हुन् । जसका कारण उनले चीनसँग पारबहन लगाएतका सम्झौता गरे । यो नै उनको जीवनको महत्वपूर्ण काम भयो । जसले उनलाई ऐतिहासिक पुरुष बनायो । खासमा उनी प्रचार गरिए जस्तो चीनको विश्वासिला मित्र होइनन् । उनी इण्डो–अमेरिकन क्याम्पबाट प्रभावित छन् । स्पष्ट छ कि उनले छ महिनाभन्दा बढी समयसम्म नाकाबन्दी भएको र पेट्रोलियम पदार्थ लगाएतको अभाव हुँदा पनि चीनसँग पेट्रोलियम पदार्थ आयात तथा ब्यापार सम्झौता गरेनन् । भारतीय हितको रक्षा गरिरहे । चीनले प्रस्ताव गरेको दुई हजार मेघावाट बिजुली लिएनन् । चीनको पक्षमा उभिएको देखाएर भारत र पश्चिमाहरुसँग वार्गेनिङ्ग गरिरहे । चिनियाँहरुलाई पर्खपर्ख भनेरै टारे । कुनै ठोस योजना सफल गराएनन् ।

यो सरकारको कति समय टिक्ला ? तपाईलाई चाहि के लाग्छ ? 
गणितीय हिसावले बनेको सरकारको हकमा सरकर कति दिन टिक्छ यसै भन्न सकिन्नन । साना साना पार्टीहरुलाई विश्वास दिलाउनु पर्ने वाध्यता हुन्छ यदि त्यो भन्दा राम्रो पद पाउने वित्तिकै अर्को तिर जान सक्छन् त्यसैले सरकार यति समय नै टिक्छ भन्न सकिन्न तर यो सरकारको प्रकृति चाहि अस्थिर नै छ ।
नेपालको राजनीतिमा मित्र राष्ट्रहरुको चासो विगतदेखि वर्तमानसम्म कस्तो रहेको देखिरहनु भएको छ ?
सर्वप्रथम, मित्रराष्ट्र कसलाई मान्ने र यसको मापदण्ड के हो ? स्पष्ट हुन बाँकी नै छ हामीले विश्वका सबै देशलाई मित्रराष्ट्रका रुपमा हेर्दै र ब्यवहार गर्दै आएका छौं । कतिपय देशका हकमा हामीले शत्रु राष्ट्रको जस्तो ब्यवहार पाइरहेका छौं । यसर्थ नेपालको राजनीतिमा मित्र राष्ट्रहरुको चासो र स्वार्थ विविध प्रकारको छ । एउटै शब्दमा भन्नु न्यायोचित होइन । कतिपयका चासो चिन्ता र स्वार्थ स्वभाविक छन् भने कतिपयका अस्वाभाविक र आपत्तिजनक छ ।

यसको अर्थ चीनले नेपाललाई माया गर्ने तर भारतले शोषण गर्ने गरेको तपाइको बुझाई हो ? र,यसमा दोषी ककसलाई देख्नु हुन्छ ?
चीनले नेपाललाई जहिले पनि समानता र सहअस्तित्वका आधारमा ब्यवहार गर्दै आएको छ । उसले अंगीकार गरेको परराष्ट्र नीति समानता सहअस्तित्व र अहस्तक्षेपको नीतिमा आधारित भएकोले पनि चीनले हामीलाई माया र सहयोग गरेको महशुस गर्न पाएका हौं । यहीँ नीतिका कारण चीन विश्वका साना ठुला देशको विश्वास र भरोसाको केन्द्र बनिरहेको छ । भारत क्षेत्रफलमा ठुलो भए पनि कमजोर र गरीब देश हो । झण्डै तीन करोड बढी जनसंख्या रेल स्टेसन र सडकमा रात बिताउन बाध्य छन् । आधाबढी जनसंख्याले चर्पी प्रयोग गर्न सकेको छैन । नेपालसँग जोडिएको उत्तरप्रदेश र बिहार प्रदेश अपराधीको अखाडा बनिरहेका छन् । भारतमा उत्पादन शक्ति भन्दाबढी अनुत्पादक शक्ति बढी छ । नेपालको जल, वनस्पति, जडिबुटी र खनिज उपयोग गर्न पाएन भने भारतले आन्तरिक ब्यवस्थापन गर्न सक्ने छैन । देश विखण्डनको दिशातर्फ जानसक्छ । यसैले पनि नेपालका नेतालाई प्रलोभनमा पारेर, डर त्रास देखाएर र घुसपैठ गराएर नेपाल र नेपालीको शोषण गरिरहेको छ । यो उसको बाध्यता पनि हो । उसको यस्तो नेपाल विरोधी कदमलाई सहयोग समर्थन र पृष्ठपोषण गर्ने हाम्रा नेताहरू नै प्रमुख दोषी हुन् ।

भारतीय खुफिया एन्जेसी र’अ को चलखेलमा नेपालमा सत्ता परिवर्तन भै रहन्छ भन्ने चर्चा व्यापक हुँदै गएको छ तपाईलाई त्यस्तो लाग्छ ? 
नेपाल लगाएत विश्वका अधिकाँश देशका आ–आफ्ना गुप्तचर संस्था छन् । नेपाल प्राकृतिक श्रोतसाधनले परिपूर्ण देश हो  । नेपालको जल, जंगल, वनस्पति र खनिज भारतजस्ता देशका लागि अत्यन्तै आवश्यक छ । यो प्राप्त गर्नका लागि भारतले आफ्ना सबै संयन्त्र परिचालन गरेको छ । हाम्रो जस्तो गरीब र दरिद्र देशको कमजोरीमा प्रहार गरेर विस्तारवादी र साम्राज्यवादी देशले विभिन्न देशको प्राकृतिक श्रोतसाधन, खनिज र तेलको दोहन गरिरहेका प्रशस्तै उदाहरण छन् । राष्ट्रघाती दलाललाई प्रलोभनमा पारेर नेपालको प्राकृतिक श्रोतसाधन, वनस्पति, खनिज र जडिबुटीमा नियन्त्रण जमाउन दुष्प्रयास गरिरहेको छ । र’अ को चलखेलमा नेपालमा सत्ता परिवर्तन भइरहन्छ भन्ने चर्चा विश्वासयोग्य छैन ।

 त्यसो हो भने चीन र भारतका नेपालमा कस्तो प्रभाव पार्दै आएका छन् त ?
मैले यसअघि सोधिएको प्रश्नको जवाफमा यसबारे भनिसकेको छु । चीनको परराष्ट्र नीति पञ्चशीलमा आधारित छ । उसले साना ठुला सबै देशलाई समानता सहअस्तित्व र अहस्तक्षेपको आधारमा ब्यवहार गर्दछ । यसकारण विश्वमा उसको प्रभाव र विश्वास दिनप्रतिदिन बढिरहेको छ । भारतले आफ्ना वरिपरिका देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने, सीमा अतिक्रमण गर्ने र आफ्नो सुरक्षा छातामा राख्न खोज्ने जस्ता घातक र अमैत्री ब्यवहार गरिरहेबाट सशंकित र त्रसित छन् । भारतप्रतिको अविश्वास बढ्दो छ । भारतले आफुलाई एक असल छिमेकी र मित्रको रुपमा उभ्याउन सकेन भने पछि भविष्यमा भारतको अखण्डता पनि सुरक्षित रहने छैन । चीन र भारतबीचको फरक यही नै हो ।

नेपालका राजनीतिक दलहरु र नेताहरुको प्रवृति देख्दा तपाई कस्तो लाग्छ ?

राजनीतिक दलहरू देश र जनताका पक्षमा दरिन सकेनन् । पराइको स्वार्थका लागि स्थापना गरिएको जस्तो देखिए उनीहरूको कार्यक्रम र ब्यवहारबाट । राजनीतिक दलका नेताहरू देश र जनताका वास्तविक नेता बन्न सकेनन् । उनीहरू आफ्नो पार्टीका नेता पनि हुन सकेनन् । स साना गुटउपगुटका नेता बनेको देखियो । देश र जनताको भन्दा पराइको हित र स्वार्थ रक्षामा प्रतिबद्ध भएको देखिएका छन् । यो हामी नेपालीको दुर्भाग्य हो ।

नेपालमा पछिल्लो पटक राजा सहितको हिन्दु राष्ट्रको चर्चा चुलिएको छ, के त्यो दिशातर्फ देश अग्रसर भएको हो त ? 
यो नेपाली जनताको चाहनामा आधारित छ । देशभक्तिको विषयमा नेताहरू भन्दा राजा नै ठीक भन्नेहरुको संख्या दिनप्रतिदिन बढिरहेको छ । देशभित्र सबैले आआफ्नो पहिचान र समानुपातिक प्रतिनिधित्वको पक्षमा वकालत गरिरहेका छन् । सबैलाई समेट्न सकिएन भने पुनः अर्को द्वन्द्वशुरु हुनसक्छ । राजालाई कुनै न कुनै स्थान दिइएन भने नेपाल विरोधी तत्वले राजालाई उपयोग गरेर देशमाथि नै धावा बोल्नसक्छ । हाम्रा नेताहरू बाह्य दबाब थेग्न सामथ्र्य छैनन् विभिन्न कमीकमजोरी र स्वार्थमा फसेकाले । राजालाई पनि एउटा उपयुुक्त स्थान दिएर सबैको साझा र शान्त अनि विकसित नेपालको चित्र कोर्न सकिन्छ ।

Monday, August 15, 2016

बस दुर्घटनामा श्रीमती गुमाएका हरिशले भने, ‘राजीव रुँदा यता आउ भन्दै छट्पटाइरहेकी थिइन्’

साउन ३१
डडेल्धुरा–बसको एउटै सिटमा बसेको काखे छोरालाई बचाए पनि श्रीमतीलाई हरिश खड्काले बचाउन सकेनन् ।

जब बस सडकबाट तल खस्यो, दुई वर्षे दुधे बालक राजिव खड्का र उनको जीवनसंगिनी नारु खड्का बससँगै खोलामा खसे ।

उनले भने, ‘छोरा १०० मिटरमाथि खसेको थियो, श्रीमती १०० मिटर तल खसेकी थिइन् । म त्यहाँ पुग्दा उनले यो संसारबाट बिदा लिइसकेकी थिइनु ।’

नारुको अन्तिम बोली राजिव रुँदा यता आउ भन्दै छट्पटाइरहेकी हरिशले बताए ।

उनको मृत्यु भएपछि हरिश छोरालाई काँखमा च्यापी उप–क्षेत्रीय अस्पतला डडेल्धुरमा उपचार गराउन आए । अब उनीहरुको भेट कहिल्यै हुँदैन् ।

धनगढीबाट बझाङ सदरमुकाम चैनपुरतर्फ जाँदै गरेको सुदुरपश्चिम यातायातको ना५ख २८३२ नम्बरको बस बैतडीको सिद्धेश्वर गाविस–३ ज्याफुमा आज दिउँसो दुर्घटना हुँदा तीन जनाको घट्नास्थलमै मृत्यु भएको हो ।

ratopati

Breaking News Update:काभ्रे बस दुर्घटनाः मृतकको संख्या ३२ पुग्यो, घाइतेलाई काठमाडौं ल्याइयो

३१ साउन, काभ्रे । काभ्रेको विर्ता देउराली गाविसमा यात्रु बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३२ पुगेको छ । दुर्घटनामा चालीस जना घाइते भएका छन् । बस काठमाडाैंबाट काभ्रेको मादनकुडारी जाँदै थियो ।
२६ जना घाइतेलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ । तीन जनाको सदरमुकाम धुलिखेलमा उपचार भइरहेको छ ।
काठमाडौंबाट कोशीपारी मादनकुँडारी जाँदै गरेको बा ३ ख १०६ नम्बरको बस उकालोबाटोमा ब्याक भएर सडकबाट तल भीरमा खसेको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेले मृतकको संख्या ३२ पुगेको जानकारी दिएको छ । घाइतेहरुमध्ये अधिकांशको अवस्था गम्भीर छ ।
घटना दिउँसो एक बजेतिर भए पनि झण्डै एकघण्टापछि मात्रै प्रहरी टोली घटनास्थल पुगेको थियो ।
मृतकको शव संकलन जारी
घाइतेहरुलाई उद्धार गरी अस्पताल पठाएपछि अहिले भीरमा छरिएका मृतकका शव संकलन गर्ने कार्य भइरहेको छ ।
निक्कै ठूलो भीरमा शवहरु यत्रतत्र छरिएकाले संकलनमा कठिनाई भइरहेको उद्धारमा संग्लग्न स्थानीय पुष्करराज पन्थले जानकारी दिएका छन् ।
घाइतेलाई काठमाडौं ल्याइयो
घाइतेलाई काठमाडौंबाट गएको नेपाली सेनाको हेलिकप्टरले उपचारका लागि काठमाडौं ल्याएको छ ।
काभ्रेका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले दुर्घटनाका गम्भीर घाइतेलाई हेलिकप्टरबाट काठमाडौं पठाइएको जानकारी दिए ।
त्यस्तै तुलनात्मक रुपमा कम घाइतेहरुलाई अस्पतालसम्म पुर्‍याउन ५ वटा एम्बुलेन्सको प्रयोग गरिएको छ । उनीहरुलाई नजिकैको अस्पतालमा लगिएको छ ।
तस्वीरः किसन पन्थको फेसबुकबाट
२०७३ साउन ३१ गते १६:५८ मा प्रकाशित

Sunday, August 14, 2016

विश्वकै अनौठा मानिस, जस्को हातमा कान छ

 संसारका हरेक मानिसको आ आफ्नै विशेषता हुन्छ । त्यसमा पनि कतिपय मानिसहरु अन्य मानिसभन्दा केही फरक र भिन्न हुन्छन् । जसका कारण पनि उनीहरुलाई जुगले चिन्छ ।

जसमध्ये कसैका ३ वटा खुट्टा त कसैका ४ वटा हात भएको अवस्थाका मानिसहरु पनि देखिएका छन् । तर आज हामी हातमा कान भएका मानिसका बारेमा चर्चा गर्दैछौँ ।

जर्ज बोर्डर नाम गरेका यि नागरिक बेलायतका हुन् । ५६ वर्षे यि पुरुषको हातमा जान्मजात नै कान देखिएको भने होइन हो ।

जसका कारण यि पुरुष अहिले पनि विश्वविख्यात बनिरहेका छन् । उनले आफूलाई अरु भन्दा फरक देखाउन आफ्नो कानलाई हातमा स्थानान्तरण गरेका हुन्।
Watch Video here: 

एउटा पुरानो हिरोको कथा

ताप्लेजुङ सदरमुकाम फुङलिङको उत्तरपट्टि विपरित दिशामा खोकलिङ भन्ने गाउँ छ । तमोर नदीले फुङलिङ र खोकलिङलाई वारिपारि बनाउँछ । फुङलिङको पाटोभन्दा खोकलिङ धेरै भिरालो भूबनोट, ६० डिग्रीभन्दा बढी भूढलोट भएको क्षेत्र हो । खोकलिङको झण्डै शीर्षस्थानमा जन्मेका, हुर्केका अम्बिका सावासँग यस लेखकको चार दशक भन्दा बढीको चिनजान हो ।

२०२५/२६ सालतिरको प्रसंग, नन्दकुमार प्रसाइँ भानु पब्लिक हाइस्कुलका प्रधानाध्यापक भएर आएपछि ताप्लेजुङको राजनीतिक मानचित्रमा एक किसिमको तिलस्मी परिवर्तन आउन थाल्यो । २०१८ सालमा सूर्यमान गुरुङको नेतृत्वमा भएको नेपाली काँग्रेसले जिल्लामा गरेको सशस्त्र विद्रोहलाई तत्कालीन शाही शासनले निर्मतापूर्वक दमन गरेपछि उत्पन्न भएको सामाजिक सन्त्रास चिर्न र राजनीतिलाई सामाजिक वर्गीय मुद्दामा उतार्न उनको आगमन एउटा आँधीबेरी नै बन्यो– खासगरी वामपन्थी राजनीतिको निम्ति ।

त्यसो त जिल्लामा वाम राजनीति २०१४/१५ सालतिरै प्रवेश भइसकेको थियो । बनारसमा अध्ययन गरेका र त्यहीं पुष्पलालसँग सम्पर्क भई फर्किएका व्यक्तिहरूले नै जिल्लामा वाम राजनीतिको प्रवेश गराएका हुन् । २०१५ साल फागुनमा दिवाकर खतिवडा, तुङ्गप्रसाद दाहाल, नन्दराम भट्टराई, यज्ञनिधि बराल, कृष्णप्रसाद दाहाल, गङ्गाप्रसाद दाहाल, प्रजापति काफ्ले, नरध्वज थापा, यमकान्त भट्टराई, लक्ष्मी अधिकारी, पोष्टबहादुर कार्कीसमेतको एक कमिटि बनेको त्यस कमिटिका सहभागीहरू नै बताउँछन् । सक्षम नेतृत्व र समन्वय अभावमा त्यसबेलाका स्थानीय वामपन्थी नेताहरु त्यसै सुस्ताइरहेका थिए, कतिपयले जिल्लै छाडिसकेका थिए ।

२०१७ सालमा राजा महेन्द्रले संसदीय प्रजातन्त्र विघटन गरेर सत्ता हत्याएपछि चलाएको दमनको श्रृंखलामा शाही शासन इतरका प्रजातान्त्रिक र वामपन्थी दुवै राजनीतिक शक्ति र राजनीति परेका थिए । २०१८ सालको विद्रोहपछि त त्यस शासनले श्रीविलास पराजुली जस्ता शान्तिपूर्ण राजनीतिका अनुयायीलाई समेत सहन नसकेर उनको निर्ममतापूर्वक हत्या गर्न समेत संकोच मानेन । न्यायशास्त्रले भन्थ्यो, यो मानवविरोधी जगन्य अपराध हो । राज्य आतंक अब दैनिक जीवन बनिसकेको थियो । केही दिन मानिस तर्सिए, दुई कदमपछि हटे तर इतिहासको पाङ्ग्रा पछि सार्न सकिँदैनथ्यो ।

पुनर्जागरण अवश्यम्भावी थियो र त्यो २०२५/२६ सालतिर सुरु भयो । यसै कालखण्डमा २०१८ सालका विद्रोहका नायक– सूर्यमान गुरुङ पनि आम माफी पाएर जिल्ला फर्किए, यद्यपि राजनीतिक लो प्रोफाइलमा रहेर । यही कालखण्डमा हामीजस्ता स्कुलका स्कुले विद्यार्थी शिक्षक मात्र नभएर अम्बिका सावा समेत वामपन्थी राजनीतिमा होमिए ।

अम्बिका सावा आफैमा संभ्रान्त थिए– ‘सुब्बा’ उनी जो थिए । राजाको निर्दलीय पञ्चायतले उनलाई जिल्ला पञ्चायतको सभापतिसमेत बनाइसकेको थियो । राजाका केन्द्रीयस्तरका लाउके र आसेपासे पनि उनलाई सम्पर्क गर्न घरसम्मै पुग्दथे । उनको मानमनितो ठूलो थियो । शाही शासनइतर राजनीतिमा लाग्नु उनीजस्तो ‘स्थापित व्यक्तित्व’ को निम्ति कम जोखिमपूर्ण काम थिएन । त्यसमाथि उनले वामपन्थी राजनीति नै रोजे । आखिर किन ?

आफ्नो वरिपरि उनी देख्थे, “साना किसानहरुको विराट समुदाय छ, हरेकजसो किसान उस्तै उस्तै अवस्थामा बाँचेका छन् तथापि उनीहरुबीच बहुआयामिक सम्बन्ध छैन । आफूले धान्दै आएको उत्पादन सम्बन्धले आफैं एकअर्कामा पारस्परिक सम्पर्कमा आउनुभन्दा अलगथलग छन् । यस अलगावलाई सञ्चारको साधनको दुरुहले झनै बोझिलो बनाएको छ । शिक्षा पहुँचबाहिर छ । गरिबीको मार त भन्नै परेन । धरानदेखि तोक्मेडाँडासम्म पन्ध्र दिन लगाएर बडेमाको दुईमनको ढाकर बोक्ने भरियाहरुको लस्कर छ । गिठ्ठा, भ्याकुर र कन्दमूलमा जीवन गुजार्ने मानिसहरुको ठूलै पंक्ति छ । झुत्रोझाम्रो छ । झुग्गी झोपडीमा समेत आश्रय लिन नपाउने मानिसहरुको संख्या उत्तिकै छ । औषधोमुलो झाक्रीको झारफुकमा सिमित छ । प्रशासन उसको व्यथा र संवेदनाप्रति सम्वेदनहीन छ । उत्पादनको क्षेत्र भनेको श्रमविभाजनको कुनै गुन्जायस नभएको सानो खेतीबारी हो, त्यो विज्ञान र प्रविधिको प्रयोग गर्न अपर्याप्त छ । अर्को शब्दमा त्यस खेतीबारीमा विकासको बहुआयममिकता, ज्ञानको विविधता र सामाजिक संसर्गको फाइदाको ढोकै बन्द भएको छ । हरेकजसो किसान परिवार करिबकरिब आत्मनिर्भर छ, उपभोगको अधिकांश भाग आफंै उत्पादन गर्दछ, आफ्नो जीवन निर्वाहको उपार्जनको धेरैजसो भाग समाजसँगको संसर्गबाट होइन, प्रकृतिसँगको आदानप्रदानबाट गर्छ । यहाँको यथार्थ भन्नु नै सानो खेतीबारी हो, त्यहाँ एउटा किसान र उसको परिवार बस्छ । सँगै सन्धिसर्पण जोडिएको अर्को सानो खेतीबारी छ, त्यसमा बसोबास गर्ने अर्को किसान र उसको परिवार छ । यस्तै किसानहरुको समूह मिलेर गाउँ बनेको छ, यस्तै गाउँ बनेर जिल्ला बनेको छ । यस्तै समान हैसियतका अंगहरु मिलेर राष्ट्र बनेको छ ।”  -माक्र्सलिखित लुइस बोनापार्टको अठारौं ब्रुमेयरबाट ।

किसानहरुको यस अवस्थाको प्रभाव अर्को अर्थमा पनि छ । “...त्यस्ता किसानमा जबसम्म यस्तो एउटा स्थानीय सम्बन्धमात्रै बन्छ, जसमा उनीहरुको निजात्मक तथा आ–आफ्नै ढर्राको स्वार्थको कारणले गर्दा साझा स्वार्थ सिर्जना गर्न रोकावट पैदा हुन्छ, त्यतिबेलासम्म उनीहरुले आफ्नै छुट्टै वर्ग बनाउँदैनन् । उनीहरु आफ्नो वर्गीय स्वार्थलाई आफ्नै नाममा, चाहे त्यो संसदको माध्यममा होस् या विधि विधानको माध्यममा, उठाएर जोड्न सक्दैनन् उनीहरु परस्परमा एकअर्काको प्रतिनिधित्व पनि गर्न सक्दैनन् । उनीहरुको अरु कसैले प्रतिनिधित्व गरिदिनुपर्छ । त्यस्ता “प्रतिनिधि” उनीहरुका सेवक नभएर मालिकका रुपमा देखा पर्दछन् । ती आफूमा असीमित सरकारी सत्ता भएको ठानेर उनीहरुमाथि नै हुकुम छाटँ्छन् । उनीहरु आफूलाई ती विचरा किसानलाई घामपानीबाट जोगाउन माथिबाट छाता ओढाइदिएर ओत दिने औकात भएका मालिक ठान्छन् । साना किसानहरुको राजनीतिक प्रभाव त्यस्तो कार्यकारी सत्ता जन्माउन सोझै सहायक हुन्छ, जुन सत्ताको निरंकुश संकल्पको बलिवेदीमा आफ्नो साझा सम्बृद्धिको बलि चढाउनुपर्ने हुन्छ ।” -माक्र्सलिखित लुइस बोनापार्टको अठारौं ब्रुमेयरबाटै ।  

अम्बिका सावाले ती तीनै कुरा देखेका थिए– मुक्तिको जायज कामना गर्ने तर वर्गीयरुपमा असंगठित किसान, उनीहरुका “प्रतिनिधि” र त्यस आधारमा बनेको निरंकुश शाही सत्ता । यो देखेर उनी दिक्दार थिए । उनी जनमुक्तिको विकल्पको खोजीमा भौतारी रहेका थिए । त्यस्तो विकल्प वामपन्थले दिन्थ्यो र माक्र्सवाद र माक्र्सवादी समाजवादले दिन्थ्यो ।

शाही सत्ता “क्रान्तिकारी किसानको होइन, रुढिबादी किसानको प्रतिनिधित्व गर्दथ्यो । त्यसले आफ्ना निजी आर्थिक अवस्थाभन्दा माथि उठेर दबाब दिने किसानको होइन आफ्नो सानो खेतबारीमा रमाउने किसानको प्रतिनिधित्व गर्दथ्यो, आफुमा अन्तरनिहित ऊर्जाको कारणले सहरसँग मिलेर पुरानो सत्तालाई उखेल्न चाहने ग्रामीण आवादीको होइन, त्यसको विपरित पुरानै शासन व्यवस्थासँग जडवत् टाँसिन चाहने र शाहीसत्ताको भुतले आफु र आफ्नो सानो कोठेबारीलाई जोगाइदेओस् भन्ने आकांक्षा राख्ने ग्रामिण आवादीको प्रतिनिधित्व गर्दथ्यो, त्यसले किसानको बुद्धिमत्ताको होइन अन्धविश्वासको, आफ्नो विवेकपूर्ण मूल्यांकनको होइन पुर्वाग्रहको, भविष्यको होइन अतितको प्रतिनिधित्व गर्दथ्यो ।” -माक्र्सलिखित लुइस बोनापार्टको अठारौं ब्रुमेयरबाटै ।

त्यस सत्ताले स्थानीय साहु महाजनलाई त आफ्नो वक्षस्थलमा राखेकै थियो । ऊसँग आफ्नो रक्षा कवचको निम्ति नोकरशाहीतन्त्रको एक विराट र विकासशील सञ्जाल छँदै थियो । बाहिरी दुनियाबाट अभयदान पाउन उ उनीहरुको लोलोपोतो लाउन खप्पिस मात्र थिएन, आफ्नो निरंकुश सत्तालाई स्थानीय हावापानी माटो सुहाउँदो भनेर आफै पगरी गुँथेर धुम्रावरणमा राख्न पनि सक्थ्यो ।

अम्बिका सावा किसानहरुको उक्त हालत र सत्ताको त्यो विद्रुप स्वरुप देखेर बेचैन थिए र उनी उनीहरुको क्रान्तिकारी जागरणको पक्षमा थिए । सत्ताको बारेमा त त्यो न उनको नीतिशास्त्र अनुरुप नै थियो, न उनको न्यायशास्त्रले नै त्यसलाई जायजै ठह¥याउँथ्यो । बस, माक्र्सवादी वामपन्थले उनको बेचैन मत्थर बनाउँथ्यो ।

२०२७ सालमा मोहनचन्द्र अधिकारीको टोली ‘क्रान्तिकारी वामपन्थ’ को सम्भावनाको सर्वेक्षण गर्दै भूमिगत रुपमा ताप्लेजुङ्ग आइपुग्यो र सावाकै घरमा डेराडण्डा जमायो । सावाले त्यस टोलीको खुव खातिरदारी गरे, मिठो मसिनो ख्वाए र उनीहरुको विकल्प ध्यानपूर्वक सुने । उनीहरुको क्रान्तिकारी स्पिरिटलाई सलाम ठोके र गुम्न थाले, “अँ भाइ ! उनीहरुमा दम छ, मिसनप्रति निष्ठा छ ।”
अन्ततः झापा विद्रोह विष्फोट भयो र त्यो “चिनगारी” यत्रतत्र फैलियो । उनी फेरि गम्न थाले, “अँ भाइ ! भन्न त भन्थे उनीहरु जे भन्थे त्यही गरी देखाइदिए, कथनी र करनीमा कुनै कुटनीति छैन उनीहरुको।”

उनमा झापाली रुझान कसिँदै जान थाल्यो । उनका गतिविधि र झुकावबाट वाकिफ स्थानीय सत्ताले उनलाई २०२८ सालको उत्तरार्धतिर एक निर्जन ठाउँ घुन्सामा लामै समयसम्म निर्वासनमा राखिदियो । प्रहरी पहरामा उनी र काजी श्रेष्ठलाई त्यता लग्दै गर्दा लेखकले आफ्नै घर अगाडि उनलाई एक स्वाभिमान नायकको रुपमा देखेको हो ।

जिल्लामा झापा विद्रोहका सम्पर्क सुत्र थिए कृष्ण गिरी । जो सावाको घरमुनिको मोती हाइस्कुलमा अध्यापन गर्थे । यो मोती स्कुल सावाकै मानसपुत्र भने हुन्छ जहाँ यो लेखक पनि सहअध्यापन गर्दथ्यो । गिरी एक थान दस्तावेज सुटुक्क अम्बिकाकहाँ पु¥याउँथे, अम्बिका त्यसलाई रातभरि पढ्थे । भोलिपल्ट स्कुल झर्थे र भावुक र गम्भीर मुद्रामा भन्थे, “केटाहरुले गर्लान् जस्तो छ ।”

त्यस आन्दोलनप्रति सहानुभूति राख्दै उनी खुसुक्क भनिरहेका हुन्थे, “...सँग सतर्क रहनु है ।” उनले आफ्नो जीवनभर क्रान्तिकारी वामपन्थको समर्थन गरे र त्यसको अनुसरण गर्ने कोशिश गरे ।

उनको यस राजनीतिक परिवर्तनले सिद्धान्तसँगको ओठेभक्तिमा होइन कि निजात्मक जीवनमै ठूलो परिवर्तन ल्याइदियो । आखिर बुद्धले पनि आफ्नो विश्वासको खोजीमा राजसिंहासन नै छोडिदिए । सावाले त्यति त गर्नु परेन । परन्तु यो सम्भ्रान्त सुब्बा भिरपाखा जान्थ्यो, दाउरा घाँस काट्थ्यो, आफै मरिकुच्च भारी बोकेर फर्किन्थ्यो र गाई भैसीलाइ घाँस पराल गर्दथ्यो, आफै दुध दुहुन्थ्यो, आफै चिया खाना तयार गरेर परिवार र पाहुनालाई बाँड्थ्यो । खेतीवारीमा निस्कन्थ्यो र आफै हलोकोदालो गर्दथ्यो । उ अक्सर भावुक रहन्थ्यो र जीवनबाट सिद्धान्त र निष्ठा संप्रेषण गर्दथ्यो । यस्तो थियो हाम्रो जमानाको नायकको दैनिकी ।

उनले आफ्नै जीवनमा राजाको हुकुमी शासनको अन्त्य देखे । संसदीय प्रजातन्त्र अनुभव गरे । त्यसो त आफ्नै घरमा लुकेर क्रान्तिकारी वामपन्थको रणनीतिक योजनाको बेलीविस्तार लगाउने मोहनचन्द्र अधिकारीलाई सत्रवर्षको कारावासपछि संसदमा देखे, उनको पार्टीले सरकारै हाकेको पनि देखे र आफंै मन्त्री भए । फेरि पनि उनको ध्यान आफ्नै वरिपरिको परिवेशमा थियो । उनी जाँच्न चाहन्थे त्यसले के परिवर्तन ल्यायो त ? त्यसले “राज्यको भ्रम–जालोलाई च्यातेर एकथरी किसानलाई त मुक्त ग¥यो” र सतही रुपमा भए पनि उनीहरुलाई क्रान्तिकरण ग¥यो । स्कुलका शिक्षक, विद्यार्थी र दलीय स्वतन्त्रताभित्रका राजनैतिक कार्यकर्ताहरुसँगको त्यस्ता मुक्त किसानहरुको हातेमालो देखेर उनी फुरुङ्ग हुन्थे र उत्साहित हुन्थे । तर जनमुक्तिको दुसाध्य काम अझै बाँकी थियो, यात्रा धेरै लामो थियो । त्यसमाथि राजनीतिको बुर्जुवाकरण भएको देख्दा उनी मुरमुरिन्थे पनि । वामपन्थीहरुको निम्ति अन्तर्राष्ट्रिय परिस्थिति त्यति अनुकुल थिएन । भुराजनीतिका आफ्नै दवाव थिए, सोभियतसंघको विघटन पछि त वामपन्थ रक्षात्मक बनी सकेको थियो । बुर्जुवाहरु चतुर थिए र राजालाई सम्वैधानिक बनाएपछि तिनीहरु ठान्दथे, राज्य तिनीहरुको विर्ता हो ।
माओवादीहरु किसानहरुमा आएको क्रान्तिकरणको उपयोग गर्दै ‘‘जनयुद्ध’’मा उत्रिए । स्थापित वामपन्थ सत्ताको अतिरञ्जनामा अलमलिन पुग्यो । राजतन्त्र क्रमश ‘‘संवैधानिकता’’ भन्दा माथिको भूमिकाको दाउमा थियो । अन्ततः राजाले राज्य विप्लवबाट निरंकुश राजतन्त्र पुनर्जीवित गरी छाडे । परन्तु यतिबेलासम्मको सामाजिक राजनीतिक सन्तुलनले निरंकुश राजतन्त्रलाई धान्ने आधार दिँदैनथ्यो र अन्ततः ऐतिहासिक जनआन्दोलनको बलमा राजतन्त्र स्वयम् गल्र्यामगुर्लुम्म ढल्न पुग्यो, तासको घर ढलेझैं । त्यस जनक्रान्तिको समायोजनमा अम्बिका सावाको प्रत्यक्ष भरथेग पनि थियो । यसरी अम्बिका सावाले राजतन्त्रको पतन पनि आफ्नै नजर अगाडि देखे । तर, उनले जनक्रान्ति खासगरी गणतन्त्रको संरचना र व्यवस्थापन भने देख्न पाएनन् । सम्भवतः उनी परलोकमा पनि त्यसको संगतिपूर्ण निष्पतिमा ढुक्क होलान् र त्यसको निम्ति राजनैतिक नेतृत्वको बूता र विवेकमा आलोचनात्मक विश्वास राखेका होलान् ।
म बेजिङमै थिए, ऊ दिन मैले उनको परलोक भएको खबर पाए । त्यो खबर मेरा लागि बिजुलीको झट्का जस्तो भयो । म हत्प्रद भए । यति खेरसम्म मैले आफ्नो एक हितैषी अभिभावक गुमाइसकेको थिएँ । वाम आन्दोलनको एक सहयात्री अब यस इहलोकमा थिएनन् । राजनीतिलाई निजात्मक लाभ र मान प्रतिष्ठाको निम्ति होइन वृहत्तर सामाजिक मिसनमा प्रतिबद्ध एक गतिशील, हाम्रो जमानाको नायक पञ्चभूतमा बिलाइसकेको थियो । वियोगमा तमोर सुस्ताइरहेको थियो र मेवाखोला आँसु बगाइरहेको थियो । संक्रमणकालमा अक्सर देखापर्ने चुनौती, सामाजिक अस्थिरता र अशान्तिका झलकहरुका अगाडि सम्झिरहँदा उनी जोन लेननमा कतै प्रतिध्वनित भइरहेका थिए,

कल्प त, सबै मानिस जिइरहेका होउन् शान्तिमा
तिमी भनौला, म स्वप्नद्रष्टा हुँ,
तर, म मात्रै एक्लो हुँइन
आशा छ, कुनै दिन तिमी हामीसँगै सामेल हुनेछौ
अनि दुनियाँ एक ढिक्को हुनेछ ।

फेरि आफैलाई थमथमाए ‘‘धन्दा नमान, हामी धेरै, र हामी पछि पनि अरु धेरै तिम्रो सपनाको अनुसरण गर्ने छौ । तिम्रो प्रयाणमा हाम्रो यही श्रद्धा सुमन छ । कमरेड सावा ! अलविदा ।’’
-Seto Pati