|
|
चिनियाँ विदेश मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै नेपाल सरकारको प्रस्ताव र माग अनुसार इन्धन उपलब्ध गराउन आफुहरु तयार रहेको बताएको हो । उस्ले आवश्यक गृहकार्य गर्न मातहतका निकायलाई निर्देशन समेत दिएको बताएको छ ।
पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता हुआ चुनयिङले असल छिमेकीको नाताले सक्दो सहयोगको प्रतिवद्धता जनाइन् । उनले नेपाल सरकारले ल्याउने ठोस प्रस्तावका आधारमा आवश्यक सबै निर्णय हुने बताएकी छन् ।
उनले नेपाली उच्च अधिकारीहरु र चीन आएका अधिकारीहरुसँग आफुहरु निकट सम्पर्कमा रहेको उल्लेख गर्दै एक दुईदिन भित्रै नेपाललाई दिर्घकालिन रुपमा इन्धन उपलब्ध गराउने खालको सम्झौता हुनसक्ने संकेत समेत गरिन् ।नेपाल संदेश
|
|
No comments:
Post a Comment