Thursday, October 29, 2015

सहमति नभए आजको वार्ता अन्तिमः उपेन्द्र

मधेस आन्दोलन अझै शसक्त बनाउने चेतावनी 
सप्तरी, १२ कात्तिक । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारसँग भइरहेका वार्ताले कुनै परिणाम निस्कन नसकेको भन्दै वार्ता भंग गर्ने चेतावनी दिएको छ ।

मोर्चाका नेता तथा संघीय समाजवादी फोरम नेपालमा अध्यक्ष उपेन्द्र यादवले सरकारी टोलीसँगको आजको वार्ता अन्तिम भएको चेतावनी दिए । सरकार र मोर्चाबीच आज परराष्ट्र मन्त्रालयमा वार्ता चलिरहेको छ ।
बिहीबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले संविधान संशोधन गरेर आफ्ना माग छिटो भन्दा छिटो सम्बोधन गर्न सरकारसँग माग समेत गरे ।

उनले भने- आज पनि वार्तामा नाटक भयो भने सरकारसँग वार्ता भंग गरेर मधेस आन्दोलनलाई सशक्त पार्न बाध्य हुनेछौं ।’दैनिक नेपाल

No comments:

Post a Comment