Saturday, October 31, 2015

भारतले गर्‍यो नाका सिल

भारतले गर्‍यो नाका सिल

पर्सा, १४ कात्तिक । नेपाल–भारतबीच पर्ने रक्सौल नाका आजदेखि ४८ घन्टाका लागि सिल गरिएको छ । विहारमा जारी विधानसभा निर्वाचनअन्तर्गत चौथो चरणको मतदानमा हुनसक्ने सम्भावित आपराधिक घटना हुन नदिने उद्देश्यका साथ भारतीय पक्षले नाका सिल गरेको बताइएको छ ।
विहार राज्यको मोतिहारी, मुजफ्फरपुर, सीतामढी, बेतिया र बगहालगायत ४९ सिटका लागि भोलि (आइतबार) मतदान हुनेछ । मतदान सम्पन्न भएपछि सोमबार बिहानैदेखि सीमालाई सञ्चालन गरिने भारतीय सुरक्षाकर्मीले जनाएका छन् ।

रक्सौल नाका सिल भएपछि पैदल यात्रीबाहेकलाई आवतजावतमा रोक लगाउनुका साथै सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई कडा पारिएको छ ।
यसैबीच, विहारको निर्वाचनलाई दृष्टिगत गर्दै वीरगन्ज भन्सारको बेरियरसमेत खसाइएको छ ।
विहारमा हुन लागेको चौथो चरणको मतदानका लागि बारा, पर्सा, रौतहट, सर्लाही, नवलपरासी जिल्लासँग जोडिएका भारतीय सम्पूर्ण नाकालाई समेत ४८ घन्टाका लागि सिल गरिएको भारतीय सुरक्षाकर्मीले जनाएका छन् ।दैनिक नेपालबाट

No comments:

Post a Comment