|
|
मंगलबार प्रचण्ड निवास लाम्पिाटमा भएको भेटमा राजदुत रेले प्रधानमन्त्री केपी ओलीले मधेस जनताका मुद्धा र मधेस आन्दोलनको विरुद्धमा अभिव्यक्ति दिएर वातावरण बिगारेको आरोप लगाए ।
उनले सरकार र मधेसी मोर्चाबीचको वार्ता सकारात्मक भइरहेका बेला सरकारभित्रबाटै वातावरण बिगार्ने काम भएको भन्दै समस्याको समाधानका लागि नेतृत्व लिन प्रचण्डलाई आग्रह गरेका थिए । राजदुत रेले नेपालको सिमानामा हुने गतिविधिमा भारतको पनि गंभिर चासो भएकाले राजनीतिक रुपमै समस्याको हल गर्ने वातावरण बनाउन अध्यक्ष प्रचण्डलाई आग्रह गरेका थिए ।
‘छिमेकी भएको हिसावले तराई–मधेसमा हुने गतिविधिमा हाम्रो गंभिर चासो छ ।’ राजदुत रेको भर्नाइ उध्रित गर्दै स्रोतले भन्यो, ‘सरकारले राजनीतिक रुपबाटै समस्याको समाधान गर्न चाहे हाम्रो सहयोग हुन्छ ।’ राजदुत रेले नेपालमा भइरहेको पछिल्लो राजनीतिक घटनाक्रमलाई भारतले नजिकबाट निहालेकाले राजनीतिक रुपमै समस्याको समाधान गर्नुपर्ने बताएका थिए ।
उनले प्रहरीले सोमबार वीरगञ्जमा निर्देष भारतीय नागरीकको हत्या गरेकाले निष्पक्ष रुपमा छानविन गर्न माग गरे । उनले बाटोमा हिडिरहेका आफना नागरिकलाई प्रहरीले गोली प्रहार गरेको आरोप लगाए । जवाफमा अध्यक्ष प्रचण्डले भारतले पारवहन सन्धी विपरीत नेपालमा नाकाबन्दी लगाएर जनतालाई सास्ती दिएको बताएका थिए ।
उनले भारतले लगाएको नाकाबन्दीले भारतलाई पनि घाटा भएकाले तत्काल नाका खोलेर आपूर्ति सहज बनाउन आग्रह गरेका थिए । प्रचण्डले सरकारले समस्याको समाधान राजनीतिक रुपमै गर्न चाहेकाले मोर्चासँग लचिलो भएर वार्तामा बसको बताएका थिए । ‘प्रधानमन्त्रीजी पनि राजनीतिक रुपमै समस्याको समाधान गर्न लागिरहनुभएको छ ।’ प्रचण्डले भने, ‘हामी सबैले समस्याको समाधानका लागि सरकारलाई सहयोग गरेका छौं ।’ उनले दमनबाट आन्दोन निस्तेज पार्ने सरकारी नीति नरहेकाले सरकार वार्ताबाटै निकास निकाल्न तयार रहेको स्पष्ट पारे ।
|
|
No comments:
Post a Comment