Saturday, November 14, 2015

पेरिसमा आतंकबादी आक्रमण, १५८ को मृत्यु आपतकालिन घोषणा, सबै सिमा बन्द

काठमाडौं: फ्रान्सको राजधानी पेरिसमा शुक्रबार राती भएको गोलीबारी र बम आक्रमणमा १ सय ५८ बढी व्यक्तिको ज्यान गएको छ ।

मध्य पेरिसको बाटाकलां कन्र्सट हलमा शुत्रबार राती बन्दुकधारीको आक्रमणमा परि त्यति ठुलो सख्यामा हताहती भएको बिबिसीले जनाएको छ । मृतकको सख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ ।

फ्रान्सका राष्ट्रपति फ्रांस्वा ओलांदले आपतकालिन घोषणा गरेका छन् भने फ्रान्ससँग जोडिने सिमानाहरु बन्द गरिएको छ । पेरिसबासीलाई घरबाहिर ननिस्कन अपिल गरिएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

 हालसम्म कुनै पनि आतंककारी संगठनले नरसंहारको जिम्मेवारी लिएको छैन तर पनि सो घटनालाई आतंककारी संगठन आइएसले समर्थन गर्दै सामाजिक सञ्जालमा आक्रमणको प्रंशसा गरेको जनाइएको छ ।

हमला पेरिसको स्थानिय समयअनुसार रातको करिब ९ बजे भएको थियो । प्रहरीको प्रारम्भिक रिपोर्ट अनुसार दुई ठाउँमा गोलीबारी र एक गाउँमा विष्फोट भएको थियो ।

No comments:

Post a Comment