Monday, November 2, 2015

वीरगञ्जमा गोली चल्यो, एक प्रदर्शनकारीको मृत्यु

वीरगञ्ज, १६ कात्तिक । पर्साको वीरगञ्जमा गोली चलेको छ ।
झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको छ । वीरगञ्जको शंकराचार्य गेट नजिक प्रहरी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका प्रदर्शनकारीबीच झडप भएको थियो ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड हवाइ फायर र अश्रुग्यास प्रहार गरेको थियो । मृतकको सनाखत भएको छैन । उनको टाउकोमा गोली लागेको बताइएको छ ।

नेपाल–भारत सीमास्थित मितेरी पुलमा धर्नामा बस्दै आएका आन्दोलनकारीलाई सुरक्षाकर्मीले बल प्रयोग गरेर आज विहान हटाएपछि वीरगन्जको स्थिती तनावग्रस्त बनेको हो ।
यसैबीच मधेसी मोर्चाका कार्यकर्ताहरुले वीरगञ्जको हुलाक कार्यालय र महुवन प्रहरी चौकीमा आगजनी  गरेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment