|
|
काठमाडौं, १६ कात्तिक । पार्टी मुख्यालय सानेपामा चलिरहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा भोजको व्यवस्था गरिएको छ ।
नाकाबन्दीले इन्धन र उपभोग्य बस्तु नपाएर सर्वसाधारण जनता भोक भोकै बस्नुपरिरहेका बेला पार्टी मुख्यालय सानेपामा कांग्रेसले मासुभातसहितको भोजको आयोजना गरेको हो ।
कांग्रेसको भान्सा हेर्ने विराटनगर र काठमाडौंका क्याटरिङ व्यवसायी सन्तोष कोचरले कांग्रेस नेता कार्यकर्ता तथा अन्यका लागि सानेपामा भोज तयार पारेका हुन् । आज दिनभरी चल्ने बैठक स्थल सानेपामा भोज पनि दिनभरी नै चल्ने कांग्रेसले जनाएको छ । भोजमा कुखुराको मासु, दाल, भात, तरकारी, अचार, सलाद, दहिसहित विभिन्न परिकार राखिएका छन् ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान निर्माण कार्य सम्पन्न भएको, राष्ट्रपति उपराष्ट्रपतिको निर्वाचन सफल भएको उपलक्ष्यमा सबै दललाई बालुवाटारमा भोज खुवाउँदा आलोचित बनेका थिए ।
भारतको अघोषित नाकाबन्दीले जनता खान नपाइरहेका बेला नेपालका राजनीतिक दल र तीनका नेताहरु भने भोज खाएर रमाइरहेका छन् ।
कांग्रेसी भान्से कोचरद्धारा पत्रकारमाथि दुर्व्यवहार
यसैबीच कांग्रेसको भान्छा हेर्ने कोचरले समाचार संकलनका लागि सानेपा पुगेका पत्रकारमाथि दुव्र्यवहार गरेका छन् ।
गाडीबाट झार्न लागिएको खाद्य सामग्री र भाडाकुडाको फोटो खिच्ने क्रममा भान्से कोचरले पत्रकारको क्यामेरा खोस्नुका साथै तथानाम गालि समेत दिएका थिए । उनले विराटनगर काठमाडौंमा क्याटरिङ व्यवसाय गर्दै आएका छन् ।
दुव्र्यवहारमा परेका सञ्चारकर्मीले दिएको जानकारी अनुसार कोचरले फोहोर भाडामा खानेकुरा ल्याएका थिए । नाकाबन्दीको समयमा भोकभोकै समाचार संकलन गर्न गएका पत्रकारमाथि कोचरले सानेपामा दुव्र्यवहार गरेका हुन् ।
- dainik nepal
|
|
No comments:
Post a Comment