|
|
बंगलादेशबाट नेपाल आउने छोटो बाटोका नाका काकडभिट्टामा भारतले अवरोध गरिरहेको छ ।
अतिकम बिकसित मुलुकको पारवहन अधिकार दिन भारतलाई आग्रह गर्ने सरकारको तयारी रहेको छ ।
ढुवानी गर्दा भारतले अवरोध गरे हवाइजहाजबाट ल्याउन सकिने मन्त्री गणेशमान पुनले बताए ।
‘बंगलादेशबाट आयात गर्दा पनि बाटो भारतकै प्रयोग गर्ने हो । सडकबाट ल्याउन नपाए हवाइजहाजबाट ल्याउछौं,’ मन्त्री पुनले भने, ‘त्यसमा पनि अवरोध गरे पारवाहन अधिकार प्रयोग गर्छौं ।’
पारवाहन अधिकार अनुसार तेस्रो मुलुकबाट ढुवानी गरेको सामान भारतले रोक्न मिल्दैन । ‘सन्धी अनुसार रोक्न मिल्दैन । अवरोध गरे अर्को उपाय खोज्छौं,’ मन्त्री पुनले भने ।
मन्त्रालयका अनुसार बंगलादेशबाट मुख्यतः खाना पकाउने ग्यास ल्याउने सरकारको योजना छ ।
कान्तिपुर दैनिक बाट
- newspati
|
|
No comments:
Post a Comment