|
|
काठमाडौं, ५ मंसिर । सीमाकंनलाई लिएर मधेसी मोर्चाले तीन महिनादेखि नाकाबन्दी लगाइ जनतालाई दुःख दिइरहेका बेला नेपाली कांग्रेसले समस्या समाधानका लागि तराई मधेसबाट प्रतिनिधित्व गर्ने आफ्ना सांसदहरुसँग परामर्श गरिरहेको छ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी छलफलमा कांग्रेसले मधेसका जनताले खोजेको अधिकार र समस्या समाधानका लागि अपनाउने उपायका विषयमा परामर्श गरिरहेको हो ।
कांग्रेसले तराई मधेसबाट प्रतिनिधित्व गर्ने आफ्ना सांसदहरुसँग निकासका लागि के गर्न सकिन्छ भनेर सुझाव पनि लिइरहेको छ । सुझाव दिँदै तराई मधेका सांसदहरुले मधेस आन्दोलन धेरै अगाडि बढिसकेको भन्दै समयमै समाधान गर्न आग्रह गरेका छन् ।
उनीहरुले मधेस आन्दोलनको मुद्दा झन झन चर्किँदै गएको भन्दै समयमै समाधान नगरे कांग्रेसले पनि नियन्त्रण गर्न नसक्ने बताएका छन् । अहिलेको आन्दोलन मधेसी मोर्चाको नियन्त्रणमा नरहेको समेत उनीहरुले प्रष्ट पारेका सांसद सुरेन्द्र चौधरीले जानकारी दिए ।
सीमाङ्कनमा खुला भएर छलफल गर्न सकिने जनाएको कांग्रेसले मुलुकलाई आफैले पहल गरी निकास दिन चाहेको छ ।
|
|
No comments:
Post a Comment