Saturday, November 14, 2015

प्रधानमन्त्री ओलीले आज अपराह्न ४ बजे देशबासीका नाममा सम्बोधन गर्ने

उच्चस्तरीय राजनीतिक संयन्त्रद्धारा खाका तयार 
काठमाडौं, २९ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न चार बजे देश र जनताका नाममा सम्बोधन गर्नुहुने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले प्रधानमन्त्री ओलीले देश र जनताका नाममा आज दिउँसो चार बजे सम्बोधन गर्ने निर्णय गरेको हो ।
त्यसका लागि राजनीतिक संयन्त्रले नै खाका तयार पारेको बालुवाटार स्रोतले जनाएको छ । यसअघि प्रधानमन्त्री ओलीले तिहारको अघिल्लो दिन सम्बोधन गर्ने कार्यक्रम तयारी नपुगेको भन्दै स्थगित भएको थियो ।

No comments:

Post a Comment