Tuesday, November 3, 2015

भारतविरुद्ध बोल्यो अमेरिका- नेपालको संविधानमा बाह्य चाँसो हुनुहुँदैन्

'संविधान नेपालको आन्तरिक मामिला हो'

काठमाडौं, १७ कात्तिक । नेपालको संविधान संशोधनका लागि भारतले दबाब दिइरहेका बेला संयुक्त राज्य अमेरिकाले भने आफ्नो फरक धारणा सार्वजनिक गरेको छ ।

संविधान नेपालको आन्तरिक मामला भन्दै अमेरिकाले यसमा आफूहरुको चाँसो नरहेको जनाएको हो । उसले नेपालको संविधानमा बाह्य चाँसो तथा हस्तक्षेप कसैले गर्न नहुने आफ्नो मान्यता समेत प्रष्ट पारेको छ ।
अमेरिकी विदेश मन्त्रालयको प्रेस अफिसमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक एलिजाबेथ टुडेउले संविधान र असहमति नेपालको आन्तरिक मामिला भएको बताउनुभयो । नेपालको विषयमा उठेको प्रश्नको जवाफ दिँदै उहाँले यो नेपाली राजनीतिको आन्तरिक विषय भएकाले नेपालकै सरकारसँग प्रशन राख्न आग्रह पत्रकाहरुलाई आग्रह गर्नुभएको समाचारमा जनाइएको छ ।

नेपालको वर्तमान परिस्थितीलाई अमेरिकाले नजिकबाट नियालिरहेको उल्लेख गर्दै उहाँले संविधानका लागि सम्भव भएसम्म फराकिलो समर्थन निर्माण गर्न नेपाली नेताहरुलाई सुझाव दिनुभयो । उहाँले भन्नुभयो- ‘हामी सबै नेपालीहरुलाई शान्तिपूर्ण र अहिंसात्मक माध्यमबाट प्रजातान्त्रिक प्रक्रियामा निरन्तर संलग्न हुन अनुरोध गछौं ।’
उक्त पत्रकार सम्मेलनमा पत्रकारले नेपालमा आन्दोलनकारी शक्तिहरुले नयाँ संविधानको विरोध गरिरहेको प्रसङ्गमा प्रश्न सोधेका थिए ।
dainik nepal

No comments:

Post a Comment