|
|
मुलुकमा जारी ऊर्जा संकट समाधान गर्न ठूला जलाशययुक्त आयोजनालाई अगाडि बढाउनुु पर्नेमा जोड दिँदै उनीहरुले आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने अचुक अस्त्र नै जलविद्युत भएको कुरामा जोड दिए । प्रतिवर्ष इन्धन आयात गर्ने रकमबाटै ठूला आयोजना निर्माण गर्न सकिने भएकोले त्यसलाई विस्थापन गर्ने उपाय पनि जल ऊर्जा नै भएको बताए ।
सहरी क्षेत्रमा पाँच जनाको परिवारले खान पकाउने ग्यासमा मात्रै मासिक ९ सय ९० खर्च गरिरहेको एक अध्ययनबाट देखिएको छ । विद्युतीय ऊर्जा प्रयोग गर्दा सोही परिवारका लागि ९६० मात्रै लाग्ने भएकोले विद्युतमा ध्यान दिन विज्ञहरुको सुझाव छ ।
मुलुकमा वयवसायिक इन्धनको आयात बढेको भन्दै उनीहरुले जलस्रोतको धनी देश भनेर प्रचारप्रसार गरिए पनि विद्युत उत्पादनमा नै डिजलको प्रयोग हुनुभन्दा बढी विडम्बना केही हुन नसक्ने बताए । -सौर्य दैनिकबाट
|
|
No comments:
Post a Comment