Tuesday, November 17, 2015

हिन्दुराष्ट्र राख्न तयार भए भारतले नाका खोल्ने, मधेशी नेताले गरे यस्तो खुलाशा …

काठमाडौं , १ मङ्सिर ।
६ गतेबाट नाकामा झन कडाई
काठमाडौं संविधान जारी हुने सुनिश्चित भएको तर, आफुहरुको मुद्दा संविधानमा नसमेटिने पक्का भएपछि आन्दोलन सुरु गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको मुख्य माग प्रदेशको सिमाङ्कन पुनरावलोकन र ‘हिन्दुराष्ट्र’ रहेको तथ्य फेला परेको छ । सरकारी टोलीसंगको बार्ताका क्रममा मोर्चाका नेताहरुले स्पष्टरुपमा आफुहरुको सो एजेण्डा रहेको नवताएपनि घुमाउरो पारामा त्यो विषयलाई पनि उल्लेख गरेको स्रोतहरु बताउँछ ।

modi
बार्तामा सहभागिहरुका अनुसार तत्काल मोर्चाले गरेको मागबमोजिम प्रदेशको सिमाङ्कनमा कुरा मिल्ने संकेत देखा परेका छैनन् । मिल्ने अवस्था पनि छैन् । खासमा सिमाङ्कनमा कुरा नमिल्नाको कारण ‘हिन्दुराष्ट’को मुद्दा पनि रहेको स्रोतहरुले उल्लेख गरेका छन् । दक्षिणी छिमेकी मुलुक भारतको मनसाय पनि त्यही रहेको देखिन्छ । मङ्सिर ६ गतेबाट नाकामा झन कडाई गर्ने तयारीमा भारत रहेको बिशेष समाचार स्रोतले बताएको छ । भारतीय एक उच्च अधिकारीले दिएको जानकारी अनुसार संविधान जारी गर्ने मिति घोषणा भैसकेपछि भारतीय प्रधानमन्त्रीको विशेष दुतका रुपमा नेपाल आएका परराष्ट्र सचिवले पनि संविधानमा हिन्दुराष्ट्र कुनैपनि हालतमा उल्लेख गर्न दवाव दिएका थिए ।
तर, नेपालका दलहरुले त्यो सुझावलाई कुनै ख्याल नगरी संविधान जारी गरे । त्यसैको प्रभाव अहिलेको नाकावन्दी भारतीय पक्षले गरेको भारत निकट स्रोत बताउछ । संविधानको प्रारम्भीक मस्यौदामा रहेको बाक्याम्समा भारत केहि लचिलो रहेको भएपनि पछि परिवर्तन गरिएपछि आक्रोषित भएको हो । मोर्चा ‘हिन्दुराष्ट्र’ कन्भिन्स विशेषतः प्रदेशको सिमाङ्कनलाई मुख्य मुद्दा बनाएर तराईमा तीन महिनादेखि आन्दोलन गरिरहेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा पनि हिन्दु राष्ट्रका पक्षमा कन्भीन्स छ ।
उसले अवको बार्तामा सिमाङ्कनसंगै हिन्दु राष्ट्रको मुद्दापनि शसक्त रुपमा उठाउने तयारी गरिरहेको मोर्चाका एक नेताले बताए । उनीहरुको आन्दोलनलाई प्रत्यक्ष-अप्रत्यक्ष रुपमा सहयोग गरिरहेको भारतले पनि उनीहरुलाई सो मुद्दा उठाउन दवाव दिइरहेको बताइन्छ । छटपछि आन्दोलन झनै कडा मधेशी मोर्चाले आफ्ना मागमा सरकार उदाशीन भएको भन्दै छट पछि आफुहरुको आन्दोलन झनै कडा बनाउने बताएको छ । मधेशी समुदायको पर्व छट भोली मनाइदै छ । मोर्चाका एक नेताले पर्सीबाट आन्दोलन झन चर्काइने बताए । भारतले पनि ६ गतेबाट नेपाल छिर्ने सबै नाकामा कडाई गर्ने तयारी गरेको स्रोतहरुले बताएका छन् ।
madhesi neta
तराईबाट दाउरा पनि ल्याउन नदिइने मधेशी मोर्चाले भारतको नाकावन्दी र आफुहरुको आन्दोलनका कारण राजधानी उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव भएपछि तराईको चुरे पहाडबाट ल्याएर राजधानीलाई वितरण गर्न लागिएको दाउरा पनि ल्याउन नदिने रणनीति बनाएको छ । छटपछि चुरेबाट दाउरा ल्याउन रोक लगाइने मोर्चाका एक नेताले जनाए । प्रधानमन्त्री सत्ता टिकाउने खेलमा आम जनता अभाव र भोकमरीबाट पिल्सीने अवस्था आइसक्दा पनि प्रधानमन्त्री केपी शर्मा ओली भने आफ्नो सत्ता कसरी टिकाउने भन्ने रणनीतिमा लागिरहेका छन् ।
उनले सत्ता टिकाउनका लागि अझै मन्त्रीमण्डलमा सदस्यहरु थप्ने तयारीमा रहेको उनी निकट स्रोतले बतायो । स्रोतका अनुसार उनले आफ्नो पार्टी एमालेबाट एक जना र सत्ता साझेदार दल राप्रपाबाट एक मन्त्री थप्न लागेका हुन । राप्रपाबाट संसदीय दलका नेता दिपक बोहोरालाई उपप्रधानसहित मन्त्री बनाउने तयारीमा उनी रहेको बताइन्छ । यता, सरकार एक बर्षपनि टिक्न नसक्ने अवस्थामा पुग्न लागेको विश्लेषण गर्न लागिएको छ । कांग्रेस ‘हिन्दुराष्ट्र’ पक्षमा सफ्ट संसदको सबैभन्दा ठुलो तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा संविधानमा हिन्दुराष्ट्र उल्लेख गर्ने गरी संशोधन गर्नुपर्ने पक्षमा ठुलो मत छ । साथै मधेसले उठाएका मुद्दामा पनि कांग्रेस लचिलो रहेको सस्थागत निर्णय गरिसकेको छ ।
त्यसैले हिन्दुराष्ट्र उल्लेख गर्न संशोधन प्रस्ताव पेश गर्नुपर्नेमा कांग्रेसले नै पहल गर्ने तयारी थालेको समेत बताइन्छ । नेपालमा ९४ प्रतिशत ओमकार परिवार बस्छन् । यस्तो छ ओली र मोदीको जुहारी नेपालको सरकारको नेतृत्व गरिरहेका केपी ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीबाट प्रधानमन्त्री भएकै दिन बधाई त पाए तर नाका खुलेर सहज परिस्थितको आशा गरेका ओली आशा मै सिमित भए । ओली पक्षका एजेन्टहरु भारतलाई रिझाउन विभिन्न विङ्स मार्फत लागि परेका छन् तर त्यो भने सार्थक हुन सकेको छैन् । हिन्दुराष्ट्र राख्न तयार भए भारतले नाका खोल्ने संविधान संशोधन गरी हिन्दुराष्ट्र राख्न तयार भएमा भारत नाकाबन्दी खोल्न तयार रहेको भारतीय अधिकारीहरुले सरकारलाई जानकारी गराइसकेको बताइन्छ । तर, सरकारी पक्षबाट भने त्यस विषयमा कुनै प्रतिक्रिया प्राप्त नभएको भारतीय पक्षको भनाई छ । राजाका विषयमा चर्चा नै छैन् एकथरीले भारतले राजा फर्काउन चाहेको बताइरहेका छन् ।
तर, राजा पुनः फर्कने सम्भावना नरहेको बताइन्छ । अहिलेसम्म भारतमा राजाका विषयमा कुनै छलफल समेत नभएको एक भारतीय अघिकारीले बताए । ६ महिनामा हिन्दुराष्ट्र हुने ठोकुवा नेपाल र भारतको सम्वन्धका बारेमा लामो समयदेखि अध्ययन गर्दै आएका एक विश्लेषकले नेपालमा अवको ६ महिनाभित्र संविधानमा हिन्दु राष्ट्र उल्लेख हुने दावी गर्छन । हिन्दुराष्ट्रको विषयमा रहेका शक्तिहरुले कांग्रेस र कम्युनिष्टका विषयमा फाटो ल्याएको उनको भनाई छ । अव कांग्रेसको नेतृत्वमा सरकार नबन्दासम्म नेपालमा देखिएको समस्या समाधान नहुने पनि उनी बताउँछन् ।
हाम्रो संदेश बाट

2 comments:

  1. samachar ko bich ma kaina aslil foto rakhnuhunchha ?

    ReplyDelete
  2. Aslil photo we don't like in the page of news. It's too much. Dont fuse aslil and news. Separate the pages.

    ReplyDelete