|
|
१९ कार्तिक, काठमाडौँ।
स्व राजा वीरेन्द्र शाहको देशभर हालसम्म २१ हजार ५१८ रोपनी जग्गा फेला परेको छ ।
स्व राजा वीरेन्द्र, पूर्वरानी ऐश्वर्य र उनीहरूको परिवारको देहावसान हुँदाका बखतको सम्पत्ति हालसम्म देशभरका काठमाडौँ, भक्तपुर, काभ्रेपलाञ्चोक, धनकुटा, कास्की, नुवाकोट, धादिङ, चितवन, सुर्खेत र धनकुटा भेटिएको छ ।
सम्पत्ति पत्ता लगाउन स्थापना भएको ट्रष्टको तथ्याङ्कअनुसार गत आवमा नुवाकोट र धादिङमा थप जग्गा फेला परेको हो । गत आवमा फेला परेको जग्गा १५ हजार २७३ रोपनी रहेको छ ।
विसं २०६४ मङ्सिरमा स्थापना भएको ट्रष्टले सुरुको आवमा ८३६ रोपनी जग्गा फेला पारेको थियो तर पछि छानबिन हुँदै जाँदा थप जग्गा फेला परेको ट्रष्टका कार्यकारी सचिव भीमप्रसाद उपाध्यायले बताए ।
उनका अनुसार थप सम्पत्ति पत्ता लगाउन देशभर झापा, मोरङ, सुनसरी, बारा, रुपन्देही, नवलपरासी, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलगायतका दश जिल्लामा ट्रष्टले छानबिन टोली पठाउने तयारी गरेको छ ।
हालसम्म ट्रष्टको बैंक खातामा पूर्वराजपरिवारको नाममा रहेको चल सम्पत्तिमा २९ करोड ७९ लाख हजार नेपाली रुपैयाँ, ४७ हजार ६५६ पाउण्ड, एक लाख ३७ हजार १४ अमेरिकन डलर रहेको छ ।
पूर्वराजपरिवारको नाममा जम्मा भएको रकम नेपाल ट्रष्ट ऐन २०६४ अनुसार सार्वजनिक हितका लागि शिक्षा र स्वास्थ्यमा लगानी गर्न सकिने व्यवस्था ट्रष्टका सहसचिव एवम् प्रवक्ता पर्शुराम अर्यालले जानकारी दिए ।
अर्यालले ट्रष्टको स्वामित्वमा रहेको होटल सोल्टीमा रहेको क्यासिनोले प्रयोग गर्दै आएको जग्गा छाड्न बारम्बार ताकेता गरे पनि नछाडेको गुनासो गरे । सल्लाघारीमा रहेको चौर ट्रष्टको नाममा रहेकाले बारवन्देज गर्न लागे पनि नगरपालिकाले अवरोध पु¥याएको छ । “पूर्वराजपरिवारको नाममा रहेका जग्गा उपयोग गर्नेले भाडा पनि नदिने र उपयोग गरेको जग्गा पनि नछोड्ने गरेकाले समस्यामा परेका गुनासो गरे ।”
- newspati.com बाट
|
|
No comments:
Post a Comment