|
|
sajha smart
साझा यातायातको पुल्चोकस्थित आफ्नो कार्यालयमा एक समारोहका बीच यातायातका अध्यक्ष कनकमणि दीक्षित, नेपाल बैंकका सीईओ देवेन्द्रप्रताप शाह र भारतीय नुस्पेका सीईओ हर्मित सिङद्वारा संयूक्त रुपमा कार्डको उद्घाटन तथा परीक्षण सुरु गरिएको रातोपाटीलाई उपलब्ध गराइएको विज्ञप्तीमा उल्लेख छ ।
नयाँ बसपार्क, नारायणगोपालचोक, लगनखेल रुटमा चल्ने एक बसबाट परिक्षण थालनी गरिएको यो परीक्षणको केही साताभित्रै साझाका सबै बसहरुमा थालनी गरिने बताइएको छ । अहिले साभाmाका नयाँ बसपार्क–नारायणगोपाल, त्रिपुरेश्वर, लगनखेल रुटमा चल्ने १० र एयरपोर्ट, गौशाला, कालिमाटी,कलंकी रुटमा चल्ने ६ वटा बस रहेका छन् ।
सो अवसरमा साझाका अध्यक्ष कमलमणी दिक्षितले सेवाले साझा यातायातमा यात्रा गर्ने यात्रु, बस कण्डक्टरलाई सरल सहज र सुविधा दिनुृको साथै यात्रामा हुने चुहावटमा कमी आउने विस्वास व्यक्त गरे । यात्रा शुल्क यात्राको दुरीका अनुसार तय गरिएको छ भने सेवा नेपाल बैंकको सहकार्यमा सुचारु गरिएको हो ।
यसैगरी नेपाल बैंकका प्रमुख देवेन्द्र प्रताप शाहले स्मार्ट कार्डबाट पेमेण्ट प्रक्रिया सुरक्षित, भरपर्दो र विश्वासिलो हुने विस्वास व्यक्त गरे ।
नुस्पेले नेपालमा नेपाल र्बैक र साझा यातायात सार्वजनिक वस सञ्चालकको साझेदारीमा आफ्नो कार्य विस्तार गरेको भन्दै सोबाट साझा यातायातमा यात्रा गर्ने यात्रुहरुलाई सरल सजिलो, सुविधायुक्त र यात्रामा हुने अनियमिततालाई कमी गर्ने विश्वास व्यक्त गरेको छ ।
साझा यातायात स्मार्ट ट्रावल कार्ड नाम गरेको नुस्पेले पेमेण्ट नेटवर्क र यसको प्रकृया नेपालमा पहिलो पल्ट भएको जानकारी समेत दियो ।
|
|
No comments:
Post a Comment