Sunday, December 13, 2015

कसले ध्वस्त पार्‍यो प्रधानमन्त्रीको ठूलो सपना ?

बौद्धिक विचारलाई समाज रुपान्तरणमा परिणत गर्न आग्रह 

काठमाडौँ, २७ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रज्ञा- प्रतिष्ठानको भूमिकालाई प्रभावकारी बनाई जनस्तरमा असर पार्न सक्नुपर्ने बताउनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रतिष्ठानको वार्षिक प्रतिवेदन (आव २०७१।७२) बुझ्दै उहाँले प्रतिष्ठानले नेपाली समाजलाई रुपान्तरण गरी विचार प्रवाह गर्न महत्वपूर्ण भूमिका खेल्नुपर्छ, यसप्रति सम्पूर्ण देशवासीको अपेक्षा छ भन्नुभयो ।उहाँले प्रतिष्ठानको भौतिक पूर्वाधार विकास, क्षमता अभिवृद्धि र जनतासँगको सम्बन्धलाई प्रभावकारी बनाउँदै बौद्धिक विचारलाई समाज रुपान्तरणमा परिणत गर्न सके मात्र यसको सान्दर्भिकता हुने उल्लेख गर्नुभयो ।

“यो प्राज्ञिक निकायलाई सबै नेपालीको अपनत्व अनुभूत हुने गरी आफ्नो भूमिका र दायरालाई प्रभावकारी बनाएर लैजानुस्,”–प्रधानमन्त्रीले भन्नुभयो ।
एक फरक प्रसङ्गमा प्रधानमन्त्रीले देश बनाउने आफ्नो ठूलो सपना भए पनि भूकम्प र सीमा क्षेत्रमा भएको भारतले पुगाएको अवरोधका कारण ध्वस्त बनाएको भनी चिन्ता व्यक्त गर्दै यसले मुलुकलाई खर्बौँको क्षति मात्र पुगेको नभई सामाजिक क्षेत्रमा गहिरो असर पुर्‍याएकाले यसबाट पार पाउन लामो समय लाग्ने बताउनुभयो ।

प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले भौतिक पूर्वाधार, बजेट तथा जनशक्तिको अभावले प्रतिष्ठानको भूमिकालाई अझ प्रभावकारी बनाउन नसकिएको बताउँदै यसलाई आत्मनिर्भर बनाउन प्रतिष्ठानका विभिन्न ठाउँका जग्गालाई भाडामा दिएर आम्दानी गर्ने व्यावसायिक योजना तथा ऐतिहासिक सङ्ग्रहालय र पुस्तकालय बनाउने लक्ष्य प्रधानमन्त्रीसमक्ष राख्नुभएको थियो ।
रु बीस करोड बजेट माग
अघिल्लो आवमा १६ वटा कृति प्रकाशन र ६० वटा अभिमुखीकरण कार्यक्रम गरिएको छ ।
प्रतिष्ठानको केन्द्रीय कार्यालयले करिब ४९ आना ओगटेकामा हालको भवन करिब २५ आना जग्गामा छ, सोबाहेक उत्तरतर्फको आठ आना जग्गा व्यावसायिक प्रयोजनका लागि भाडामा दिने योजना रहेको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानले सरकारबाट अहिले वार्षिक रु आठ करोड तीन लाख बजेट पाइरहेकामा अपुग भएकाले करिब रु २० करोड पु¥याउन आग्रह गरेको छ । रासस

No comments:

Post a Comment