Friday, December 18, 2015

सुनको मूल्य घट्यो, व्यवसायी भन्छन्-अझै घट्छ

३ पुस, काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य तोलामा सातसय रुपैयाँले घटेको छ । छापावाल सुन आज प्रतितोला ४७ हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनााएको छ ।
बिहीबार सुन प्रतितोला ४८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । हिजो भने सुनको मूल्य स्थिर थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेपछि त्यसको प्रभाव नेपाली सुन बजारमा पनि परेको महासंघले जानकारी दिएको छ ।

शुक्रबार तेजावी सुनको मूल्य भने ४७ हजार ४ सय ५० रुपैयाँ तय भएको छ । चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घटेको छ । हिजो ६ सय ७५ रुपैयाँमा किनबेच भएको चाँदी आज ६ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अमेरिकी केन्द्रीय बैंकले १० बर्षमा पहिलोपटक ब्याजदर बढाएपछि सुनको मूल्यमा गिरावट आएको हो । यसैको प्रभावका कारण सुनको मूल्य अझै घट्नसक्ने व्यवसायीहरु बताउँछन् ।

No comments:

Post a Comment