|
|
झापा जाने क्रममा बिराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै परराष्ट्रमन्त्री थापाले भने-‘वीरगञ्ज-रक्सौल बाहेकका नाकाहरु सुचारु भएका छन् । जहाँसम्म वीरगञ्जको कुरा छ, सहमतिकै आधारमा टुग्याउने प्रयास भइरहेको छ । केही दिन प्रतिक्षा गरौं ।’
मधेसी मोर्चाले उठाएका धेरै माग सम्बोधन भइरहेको र बाँकी विवाद पनि निकै साघुरिएको भन्दै आन्दोलन फिर्ता लिन आग्रह गरे । उनले भने-‘विवाद अन्त्यन्तै साँघुरिएको छ । अब आन्दोलन लम्ब्याइरहनु आवश्यक छैन ।’
उनले समानुपातिक समावेशी र जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारणका लागि अघि बढाएको संविधान संशोधन प्रक्रिया अन्तिम चरणमा रहेको बताए । सीमांकनबारे अहिले नै निर्णय गर्न गाह्रो हुने भएकाले राजनीतिक संयन्त्र बनाएर तीन महिनाभित्र टुङ्गो लगाउनु पर्ने उनले बताए ।
|
|
No comments:
Post a Comment