Sunday, August 14, 2016

यस्तो बफादार कुकुर जो मालिकको मृत्यु भएपश्चात पनि ८ महिनादेखि अस्पताल बाहिर आफ्नो मालिवकलाई पर्खीदै छ

यस्तो बफादार कुकुर जो मालिकको मृत्यु भएपश्चात पनि ८ महिनादेखि अस्पताल बाहिर आफ्नो मालिवकलाई पर्खीदै छ!!!
अहिलेको समयमा मानिस–मानिस बीच बफदारीमा ठुलो खाडल छ तर यहाँ एक जनावर आफ्नो मालिकको मृत्यु भैसक्दापनि आफ्नो बफदारी कायम राखेका छन । यो घटना ब्राजिलको हो । ब्राजीलको फ्लारियानपोलिस शहरमा रूथ कारडोसो नामको एक हस्पिटल छ ।

यस हस्पिटलको बाहिर एक कालो रंगको कुकुर बिगत आठ महिना देखि आफ्नो मालिकको इन्तजारमा बसिरहेको छ । खासमा यी कुकुरको मालिक आठ महिना पहिले गम्भिर बिरामी भएर उपचारको लागि यस आस्पतालमा आएका थिए ।

केहि समयपछि उपचारको क्रममा उसको यहि आस्पतालमा मृत्यु भयो तर उसको वफादार कुकुर त्यहि समय देखि अस्पतालको बहिएर बसेर आफ्नो मालिक आउछ भनेर पर्खेर बसिरहेको छ।

 अस्पतालको कर्मचारीका अनुसार यस कुकुरको मालिकको उपचारको लागि यहाँ ल्याएको थियो, त्यहि समय यो कुकुर एम्बुलेन्सको पछि–पछि दौडेर यहाँ आएको थियो ।

मालिकलाई अस्पताल भित्र लग्यो तर यसलाई गार्डले भित्र जान दिएन । त्यहि देखि यो बाहिर बसिरहेको छ । जब कुनै बिरामी अस्पतालबाट बाहिर आउछ अनि उ आफ्नो मालिक सम्झेर बिरामी तिर दौडेर जाने गर्दछ ।

कुकुरको वफादारी र आफ्नो मालिक प्रति माया देखेर अहिले अस्पतालको कर्मचारीहरुले नै यसलाई रेख देख गर्ने गरेका छन । यी कुकुरलाई यहाँबाट धेरै पटक लखेटे पनि उ पुनः त्यहि अस्पतालमा आइपुग्थ्यो ।

No comments:

Post a Comment