Sunday, August 14, 2016

माओवादीकै महिला सांसदले गरे प्रचण्ड विरुद्ध भेला, सपथ नखान दुई मन्त्रीलाई चेतावनी

आइतबार, ३० साउन
काठमाडौं । नेकपा माओवादी केन्द्रकै महिला सांसदहरुले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध भेला आयोजना गरेका छ् ।
उनीहरुले सरकारमा फुल मन्त्रीमा महिलालाई नल्याएको भन्दै प्रधानमन्त्री विरुद्ध भेला आयोजना गरेका हुन् । सिंहदरबारमा भएको भेलाले पार्टीबाट प्रस्तावित दुई राज्यमन्त्रीहरु राधीका तामाङ र धनमायाँ विकलाई सपथ नलिन आग्रह गरेका छन् ।

उनीहरुले फुल मन्त्री नपाएसम्म सपथमा नजान आग्रह गरेका हुन् । उनीहरुले प्रधानमन्त्रीसँग सामुहिक भेट खोज्दा समेत नपाएको गुनासो गरेका छन् ।
राज्यका हेरेक निकाय समावेशी बनाउने भनिए पनि क्याविनेटमा एक जना पनि महिलालाई नपारिनु आपत्तीजनक भएको भन्दै महिला सांसदहरुले पार्टी निर्णयको विरोध समेत गरेका छन् ।
माओवादीका दर्जन बढी महिला सांसदहरु सितल निवासमा सपथ चलिरहँदा सिंहदरबारमा भेला गरिरहेका थिए । भेलामा पुर्व मन्त्रीहरु रेखा शर्मा, अग्नी सापकोटा, शक्तिबहादुर बस्नेत र गणेशमान पुन समेत सहभागि थिए ।
nepal sandesh

No comments:

Post a Comment