काठमाण्डु, ९ कात्तिक– सोमबार दिउँसो पाकिस्तान र अफगानिस्तान सीमा नजिकै गएको ७.५ रेक्टर स्केलको भूकम्पका कारण पाकिस्तानमा ३९ जनाको मृत्यु भएको छ ।

पाकिस्तानको एआरआइ मिडियाले जनाएअनुसार हालसम्म प्राप्त तथ्यांक अनुसार भूकम्पमा परी ३९ जनाको मृत्यु हुनुका साथै सयौँ घाइते भएका छन् । मृतइु हुनेको संख्या बढ्दै गएको छ । यसअघि ११ जनाको मृत्यु भएको पुष्टि भएको थियो । अमेरिकी भूकम्प अनुसन्धान केन्द्र यूएसजीएसले पहिले ७.७ रेक्टर स्केलको भूकम्प भएको भनेता पनि हाल त्यसलाई ७.५ रेक्टर स्केलको भनि मापन गरिएको छ ।
नेपाली समयअनुसार दिउँसो करिब तीन बजे गएको भूकम्पले नेपाल, भारत, पाकिस्तान र अफगानिस्तान लगाएतका छिमेकी मुलुक हल्लाएको थियो ।
No comments:
Post a Comment