Tuesday, October 27, 2015

राष्ट्रपतिका लागि संसदमा उम्मेदवारी दर्ता गराएपछि विद्या भण्डारीले के भनिन् ?


नयाँ संविधान कार्यान्वयन मुख्य उद्देश्य  काठमाडौं, १० कात्तिक । नेकपा एमालेका तर्फबाट उम्मेदवार उपाध्यक्ष विद्या भण्डारीले राष्ट्रपति पदका लागि व्यवस्थापिका संसदमा मनोनयन दर्ता गराउनुभएको छ ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्ताव र कमल थापा, विजय गच्छदार, दीपक बोहरा, चित्र बहादुर केसी लगायतको समर्थनमा भण्डारीले राष्ट्रपतिको उम्मेदवारीमा मनोनयन दर्ता गराउनुभएको हो ।
मनोनयन दर्ता गराउँदै उपाध्यक्ष भण्डारीले भर्खरै जारी गरिएको नयाँ संविधान कार्यान्वयनका लागि आफूले राष्ट्रपति पदमा उम्मेदवारी दिएको बताउनुभयो । अहिलेको अवस्थामा सबै राजनीतिक दलहरु सहमतिका सहकार्यका साथ अगाडि बढ्नुपर्ने भन्दै उहाँले आफूले सत्तारुढ गठबन्धनका सबै दलको समर्थन पाएको बताउनुभयो ।

साथै उहाँले कांग्रेसतर्फ संकेत गर्दै भोली हुने निर्वाचनमा अन्य दलहरुले पनि सहयोग र समर्थन गर्ने विश्वास व्यक्त गर्नुभयो । पछिल्लो समय नेपालमा समावेशी सहभागिता बढ्दै गइरहेको भन्दै आफ्नो उम्मेदवारी समावेशी सहभागिताको उत्तम उदाहरण भएको दाबी गर्नुभयो ।

No comments:

Post a Comment