Monday, October 26, 2015

भारत र मधेसी मोर्चालाई नाकाबन्दीको पाठ सिकाउन प्रधानमन्त्रीद्वारा सुविधा कटौती

९ कात्तिक, काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले अहिलेको परिस्थितिलाई ध्यान दिँदै आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मी तथा सचिवालयमा रहेका सवारी साधनहरूको संख्यामा कटौती गर्न निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार प्रमोद दाहालद्वारा आज (सोमबार) बेलुका जारी विज्ञप्ति अनुसार पेट्रोलियम पदार्थमा देखिएको असहजतालाई मितव्ययिता बनाउन प्रधानमन्त्रीले निर्देशन दिनुभएको हो ।

‘सवारी साधनहरूको परिचालनमा मितव्ययिता अपनाउन प्रधानमन्त्री केपी ओलीले निर्देशन दिनुभएको छ’, विज्ञप्तिमा भनिएको छ ।

‘प्रधानमन्त्रीज्यूको निर्देशानुसार आजैदेखि उहाँको स्कर्टिङमा रहेका सुरक्षाकर्मीको सवारी साधन तथा सचिवालयमा प्रयोग भइरहेका सवारी साधनहरूको संख्या घटाई सकिएको छ’, प्रेस सल्लाहकार दाहालले भन्नुभएको छ ।

मधेसी मोर्चाको आन्दोलनलाई समर्थन गर्दै भारतले नेपालविरुद्ध झण्डै एक महिनादेखि अघोषित रुपमा नाकाबन्दी लगाएको छ ।

नाकाबन्दीका कारण मुलुभरि पेट्रोलियम पदार्थसहित दैनिक जनजीवनसँग सम्बन्धित सामाग्रीमा चरम अभाव हुँदै गएको छ ।

- See more at: http://newspati.com/

No comments:

Post a Comment