Wednesday, October 28, 2015

राष्ट्रपति चुनावमा भारतीय अहंकार पराजीत हुँदै, अर्को भारतीय षड्यन्त्र यस्तो छ


काठमाण्डाै । अन्ततः भारतीय विस्तारवादी अहंकार नेपालको राष्ट्रपति चुनावमा पराजीत हुने भएको छ ।
भारतीय चाहना विपरित नेपालको दोश्रो राष्ट्रपति चुनावमा नेकपा एमालेका उपाध्यक्ष विद्या भण्डारी विजयी बन्नु हुने भएको छ ।
यस पटक भने भारत आफैले बनाएको पासोमा फँसेको छ । मधेशवादी पार्टीहरुलाई प्रधानमन्त्रीको निर्वाचनमा हतारमा ओली विरुद्ध मतदान गर्न भारतले दिएको निर्देशनले गर्दा मधेशका जनता विच मधेशवादी दलका नेताहरु वदनाम भए ।

आफैले जलाएको संविधान अन्तरगत भएको प्रधानमन्त्रीको चुनावमा भाग लिएको र सत्तालोलुप चरित्र देखाएको भनेर कार्यकर्ता र समर्थक जनताको व्यापक विरोधले गर्दा केही मधेशवादी नेताहरु र भारतीय सत्ता विचको वर्तमान अपवीत्र गठवन्धन नराम्रो संग नांगीयो ।
यसले गर्दा अहिले राष्ट्रपति चुनावमा केही मधेशवादी दलहरुका नेताहरुले सहभागी नहुने निर्णय गर्न वाध्य भए । यसपल्ट समय लिएर गम्भीर तयारी गर्दा राष्ट्रपति चुनावमा सत्तापक्षीय गठबन्धनका उम्मेदवारलाई पराजीत गर्न सकिने भारतीय सत्ताको विश्लेषणका वावजुद पनि मधेशवादी नेताहरुलाई उनीहरुले मतदानका लागि मनाउन सकेनन् ।

महन्थ ठाकुर स्वयम्ले पनि आफु मानार्थ राष्ट्रपतिमा नजाने र अझै दश वर्ष सक्रिय राजनीति गर्ने तथा आगामी संसदीय चुनावमा मधेशवादी दलहरुको तर्फवाट प्रधानमन्त्रीको उम्मेदवारको रुपमा जाने र मधेश मोर्चा बनाएर तेश्रो ठुलो दलको रुपमा आउने वनाउन सक्ने भएपछि कसैको पनि वहुमत नआउने स्थितिमा तेश्रो दलका नेताले प्रधानमन्त्री वन्ने मौका पाउने विश्लेषण भारतीय सत्तालाई दिएर राष्ट्रपति चुनाव बहिष्कार गर्ने निर्णय मधेश मोर्चावाट गराए ।

संसदमा तेश्रो दल भएको एमालेवाट दुई जना प्रधानमन्त्री भएको र पहिला पनि तेश्रो दल वनेको राप्रपाका दुई जना प्रधानमन्त्री भएको इतिहास छ ।

मधेशी मोर्चाले गरेको बहिष्कार गर्ने निर्णय उल्टाउन नेपाली कांगे्रशले गरेको अनुरोध र कुटनीति पनि असफल भयो । नेपाली कांग्रेशले कुल बहादुर गुरुङलाई उठाउने निर्णय गरेतापनि मधेश मोर्चाले बहिष्कार गर्ने निर्णय नउल्टाए सम्म नजित्ने पक्का छ ।
साथै फोरम लोकतान्त्रीक र राप्रपा नेपाललाई राष्ट्रपति चुनावमा कांग्रेश उम्मेदवारलाई मतदान गराउने भारतीय सत्ताको प्रयास पनि असफल भएको वताइन्छ ।
गच्छदारले गरेको प्रयासलाई ओली र प्रचण्डले कांग्रेश सत्तामा आउनु पर्ने र दुई वर्ष सम्म यहि सरकारलाई टिकाउन पर्ने शर्त राखेर असफल वनाई दिए । त्यो शर्तलाई  मान्नु भनेको एमाले एमाओवादी गठवन्धन समक्ष पुरै आत्मसमर्पण गर्नु हो भन्ने कांग्रेशले ठान्यो ।


माथिका दुई कारणको साथै सत्ता गठवन्धन भरखरै वनेको र तुरुन्तै यसलाई तोडेर कांग्रेशलाई राष्ट्रपतिमा मतदान गर्ने स्थिति फोरम लोकतान्त्रीक र राप्रपा नेपालको नभएकोले गर्दा प्रधानमन्त्री चुनाव वेलाको बहुमत विद्या भण्डारीले प्राप्त गर्ने भई विजय सुनिश्चित भएको देखिएको छ ।
भारतीय अहंकारको पराजय राष्ट्रपति चुनावमा हुने निश्चित भएपछि भारतीय सत्ताले उपराष्ट्रपति चुनावमा खेल्न सकिन्छ कि भनेर लाग्न थालेको वताइन्छ ।

वर्तमान सत्ता गठवन्धनमा निर्णाएक भूमिकामा रहेका प्रचण्डलाई अप्ठेरो पर्ने गरि उपराष्ट्रपति चुनावमा जे जसरी हुन्छ नन्दकिशोर पुन पासाङलाई रोक्ने अभियान भारतीय सत्ता पक्षले चलाउन थालेको वताइन्छ ।
यस षदयन्त्र सफल भएमा एमाओवादी र एमाले विच फाटो ल्याउन सकिने र यसको फाइदा उठाएर अहिलेको सत्ता गठवन्धन कमजोर वनाई आफ्नो स्वार्थ पूरा गर्न सकिने विश्लेषण उनीहरुको रहेको छ ।

अहिले उपराष्ट्रपतिमा मधेशी अनुहार चाहिन्छ भन्ने तर्क उठाएर पासाङलाई रोक्ने प्रयास चल्दैछ । तर बर्तमान मधेशी अनुहारका उपराष्ट्रपतिले नै   बरु मन्त्री हुनु राम्रो , उपराष्ट्रपतिमा मधेशी भएर केही फाइदा छैन भनेर सार्वजनिक रुपमै भनेका थिए । यसको अर्थ हो मधेशी दलहरुले उपराष्ट्रपति पाएपछि आन्दोलन रोक्ने होइन । राष्ट्रपति दिन्छु आन्दोलन रोक भन्दा नमान्नेहरुलाई उपराष्ट्रपतिमा मधेशी अनुहार हुँदैमा चित्त बुझाउने छैनन् भन्ने स्पष्ट छ ।

अहिलेको मूख्य काम भनेको गठबन्धनलाई बलियो वनाएर तथा इन्धनको बैकल्पिक व्यवस्था गरेर भारतीय षदयन्त्र असफल पार्नु हो र देशको आत्मनिर्भर अर्थतन्त्र निर्माणको थालनि गर्नु हो ।
- नेपाल संदेश डटकम

No comments:

Post a Comment