Wednesday, October 28, 2015

बन्द गराउँदै हिँड्ने मोर्चाका कार्यकर्तालाई व्यवसायीहरु मिलेर लखेटे

बुधबार, ११ कार्तिक, विराटनगर । बजार बन्द गराउँदै हिँडेका मधेसी मोर्चाका कार्यकर्तालाई व्यवसायीहरु मिलेर लखेटेका छन् ।

संघीय समाजवादी फोरमका अध्यक्ष राजकुमार यादवको नेतृत्वमा बजार बन्द गराउँदै हिँडेका आन्दोलनकारीलाई ट्राफिक चोकदेखि जलजला मोडसम्मका व्यवसायीले लखेटेका हुन् ।
व्यवसायीलहरुले मोर्चाले आफनो माग पुरा गराउन बन्दको बिकल्प नखोजी लामो समयदेखि बजार बन्द हुँदा व्यापार व्यावसाय गरेर खाने मानिसहरुलाई दुख दिएको भन्दै प्रतिकारमा गरेका हुन् ।
-nepal sandesh

No comments:

Post a Comment