|
|
नेपाललाई अनुदानमा दिएको इन्धनलाई चीनले मंगलबारै नेपाल-चीन सीमा क्षेत्रको बजार केरुङ पुर्याइसकेको छ । उक्त इन्धनलाई राजधानी काठमाडौं ल्याउन नेपाल आयल निगम(एनओसी)ले पहिलो चरणमा ४० वटा ट्यांकर केरुङ पठाउन लागेको छ ।
साथै निगमले आफ्नो कारण चीनबाट पेट्रोल ल्याउन ढिलाई नभएको स्पष्ट पारेको छ । चीनमा अनुदानमा पेट्रोल लिन पठाउने सबै ट्यांकर टुंगो लगाएर तयारी अवस्थामा राखिएको निगमले जनाएको हो ।
नेपाल आयल निगमका प्रवक्ता दीपक बरालले चीनले अनुदानमा दिएको इन्धनलाई काठमाडौं ल्याउन १२ हजार लिटर क्षमताका ४० वटा ट्यांकर केरुङ पठाउन लागिएको जानकारी दिनुभयो । त्यसका लागि सबै कागजी प्रक्रिया र तयारी सकिएको उहाँको भनाई छ ।
चीनले नेपाललाई १३ लाख लिटर इन्धन अनुदानमा दिँदैछ ।
-dainik nepal
|
|
No comments:
Post a Comment