|
|
काठमाडौं, ११ कात्तिक । नयाँ राष्ट्रपतिको चयनसँगै छिट्टै बिदा हुन लागेका राष्ट्रपति रामवरण यादवलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली शीतलनिवास पुग्नुभएको छ । प्रधानमन्त्री ओलीले बुधबार शीतलनिवासमा राष्ट्रपति डा. रामवरण यादवसँग भेटवार्ता गर्नुभएको हो । राष्ट्रपति निर्वाचनमा एमाले उपाध्यक्ष विद्या भण्डारीको पक्षमा मतदान गरीसकेपछि ओली शीतल निवास पुग्नुभएको थियो ।
भेटवार्तामा राष्ट्रपति यादवको अवकाशपछि सरकारले दिने सेवा सुविधाबारे छलफल भएको थियो । राष्ट्रपतिबाट अवकाश भएपछि यादवलाई सरकारले सुविधासम्पन्न आवास, पर्याप्त मात्रामा सुरक्षाकर्मी दिने व्यवस्था मिलाएको छ । भेटवार्तामा प्रधानमन्त्री ओलीले राष्ट्रपति पदमा रहेर रामवरणले हालसम्म खेलेको भूमिकाको प्रशंसा गर्नुभएको थियो । यादव २०६५ साउन ८ गते गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिमा निर्वाचिन हुनुभएको थियो ।
|
|
No comments:
Post a Comment