Wednesday, November 4, 2015

वीरगञ्जमा यसरी मारिए भारतीय युवा (भिडियो)


कार्तिक १८, वीरगञ्ज : वीरगञ्ज-रक्सौल नाकामा नेपाली सीमाना नाकाबन्दी गर्न बसेका मधेसी मोर्चाका कार्यकर्तासँगको झडपमा प्रहरीको गोलीबाट सोमबार एक भारतीय युवा मारिए ।

समोबार दिउँसो प्रहरी र प्रदर्शनकारीबीचको झडपमा प्रहरीले चलाएको गोली लागेर सीमास्थित शंकराचार्य प्रवेशद्धार नजिकै भारतको रक्सौल नगरपालिकाको टेलिकम कोलोनी निवासी करिब २४ वर्षीय आशीष रामको मृत्यु भएको थियो ।

सोमबार वीरगञ्जको मितेरी पुलमा मोर्चा र सुरक्षाकर्मीबीचको झडप । भिडियो स्रोत : आर्इ टीभी युट्युब च्यानल
नेपाली सुरक्षाकर्मीमाथि आक्रमण गर्न मधेसी मोर्चाका कार्यकर्तासँगै आएका उनी नजिकको दुरीमा प्रहरीको गोलीबाट मारिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

भारतीय भूमिबाट मधेसी मोर्चाका कार्यकर्तासँगै आएरका ढुंगामुढा हानिरहेका उनी मारिएपछि मधेसी मोर्चा र भारतले निर्दोष नागरिकको हत्या भएको दाबी गरिरहेका बेला सो घटनाको भिडियो सार्वजनिक भएको हो ।

यु ट्यूवमा आर्इ टीभी नामक च्यानले यो घटनाको भिडियो सार्वजनिक गरेको छ । त्यसैगरी फेसबुक र ट्विटरमा सार्वजनिक एक मिनेट दुर्इ सेकेन्ड लामो यो भिडियोमा मोर्चाका कार्यकर्तासँगै मिसिएर ती भारतीय युवाले नेपाली सुरक्षाकर्मीलार्इ ढुंगामुढा गरेपछि प्रहरीले प्रतिरक्षामा गोली चलाउँदा मारिएको देखिन्छ ।

भारतीय भूमिमबाट ढुंगामुढा गर्दै नेपाल प्रवेशद्वारको गेटबाट अघि बढेका मोर्चाका कार्यकर्ताले रक्षात्मक अवस्थामा रहेका प्रहरीमाथि लगातार ढुंगा बर्साएको देख्न सकिन्छ ।


भारतीय भूमिबाट आएर प्रदर्शन गर्दै मोर्चाका कार्यकर्ता
नजिकैबाट निरन्तर ढुंगामुढा भएपछि प्रहरीले चलाएको गोलीबाट मधेसी मोर्चाका कार्यकर्तासँगै रहेका भारतकै कलेजमा बिएमा अध्यनरत आशीषकुमार राम मारिएको भिडियोमा देखिएको छ ।

उनका बाबु अशोककुमारले व्याक्तिगत कामले सोमबार बिहान वीरगन्ज आएका आशीष घर फर्कने क्रममा प्रहरीको गोलीबाट मारिएको दाबी गरेपनि उनी नेपाली सुरक्षाकर्मीमाथि ढुंगा हान्ने काममा संलग्न भएको भिडियोबाट पुष्टि भएको हो ।

आशीष सीमामा भइरहेको आन्दोलनमा संलग्न नभएको जिकिर अशोकले गरेपनि भिडियोमा भने उनी मोर्चाकै कार्यकर्ताको भीडमा मिसिएर नेपाली भूमितर्फ ढुंगा हानिरहेका थिए ।

सोमबार वीरगञ्जको मितेरी पुलमा नेपाली सुरक्षाकर्मी र मधेसी मोर्चाबीच भएको झडप
पर्सा प्रहरीले मृतक आशीषकुमार आन्दोलनकारी नै भएको दाबीलार्इ भिडियोले पुष्टि गरेको छ । सोमबार बिहान मितेरी पुलमा धर्नारत प्रदर्शनकारी र प्रहरीको झडपमा प्रदर्शनकारीहरुले सीमामा खटिएका प्रहरी र  इनर्वा प्रहरी चौकीमा पेट्रोल बम र ढुंगा हानेपछि प्रहरीले अश्रु ग्यास र गोली चलाएको थियो ।
झडपमा भारतीय युवकको मृत्यु भएपछि स्थानीय प्रशासनले सोमबार अपरान्ह तीन बजेदेखि अनिश्चितकालीनका लागि कर्फ्यू लगाएको छ । Video हेर्नुहोसः

No comments:

Post a Comment