|
|
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता समेत रहेका महतो बारा प्रहरीको हिरासतमा पुगेका हुन् । हिरासतमा पुगेका उनले पक्राउ परेका सदभावना पार्टीका कार्यकर्तालाई भेटेका छन् ।
महतोले इलाका प्रहरी कार्यालय सिमराको हिरासतका थुनुवा(कार्यकर्ता)लाई भेटेका हुन् । आन्दोलनका क्रममा सदभावनाका कार्यकर्तालाई सिमरा प्रहरीले पक्राउ गरेर हिरासत राखेको छ । उनै कार्यकर्ता भेट्न महतो प्रहरी घेरामा सिमरा प्रहरीको हिरासत पुगेका हुन् ।
बाराका प्रहरी प्रमुख एसपी लाकेन्द्र बहादुर मल्लले दैनिक नेपालसँग टेलिफोनमा कुराकानी गर्दै राजेन्द्र महतो थुनुवा भेट्न प्रहरी कार्यालय आएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो- ‘आन्दोलनमा पक्राउ परेका थुनुवा भेट्न आएका थिए, भेटेर गए ।’ जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मधेसी मोर्चाका सयौं कार्यकर्ता अहिले पनि प्रहरी हिरासतमा छन् ।
-dainik nepal
|
|

No comments:
Post a Comment