|
|
बुधबार बिहान पाँचवटा सामान्य सामान बोकेका नेपाली गाडी मात्र नेपाल प्रवेश गरेका छन्। भारतीय नाकामा भन्सार प्रशासनले सुरक्षा निकायको निर्देशन बिना गाडी पास गराउन नसक्ने बताउँदै आएको छ।
मेची पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लय भण्डारीले पर्याप्त तेल आउन नपाउँदा इन्धन समस्या झन् जटिल बन्न थालेको बताए। उनका अनुसार हिजो काँकडभिट्टा नाकाबाट एक टयांकर हवाई इन्धन र एउटा ग्यासको बुलेट मात्र भित्रिएका छन्।
पेट्रोल र डिजेल बोकेका गाडीलाई भारतीय सुरक्षाकर्मीले चेकजाँच गर्नुपर्ने बहानामा रोकिराखेका छन्। वीरगन्जमा प्रहरीसँगको झडपमा भारतीय नागरिक मारिएको घटनापछि पूर्वी नाकामा भारतीय सुरक्षाकर्मीले माथिको आदेश भन्दै नेपाली गाडीलाई प्रवेश अनुमति दिन कडाइ गरेका हुन्।
काँकडभिट्टा इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक श्याम अधिकारीले भारतको पानीट्याङ्की नाकाबाट तीन दिनदेखि गाडी आउने क्रम कम हुँदै गएको बताए।
पानीट्याङ्की नाकादेखि भारतको अर्को बजार नक्सलबाडीसम्म नेपाली गाडी राजमार्गमा लाम लागेका छन्। त्यस क्रममा नेपाली सामान र चालकको असुरक्षा बढेको ढुवानी व्यवसायी बताउँछन् । रासस
-nagarik news
|
|
No comments:
Post a Comment