Wednesday, November 4, 2015

पशुपतिको मन्दिरमा गाईको टाउको

पशुपतिको मन्दिरमा गाईको टाउको


१८ कार्तिक, काठमाडौँ ।
नयाँ संविधान जारी भएर राष्ट्रपति, प्रधानमन्त्री, सभामुख निर्वाचित भइसकेको तर संविधान निर्माणका कथा अझै पुराना भएका छैनन् ।

संविधान मस्यौदाको अन्तिम तयारी भइरहँदा राष्ट्रिय जनावर र राष्ट्रिय रंग के राख्ने भन्नेमा विवाद भयो ।

सभापति कृष्णप्रसा सिटौलाले १६ बुँदे सहमतिका विषयबाहेक अरु सबै अन्तरिम संविधानअनुसार नै हुने बताए । सिटौलाको यो प्रस्तावले एकछिन हंगामा भएको  छ ।

सीता नेपालीलगायतले माओवादी सभासद् गाईलाई राष्ट्रिय जनावर बनाउन हुन्न भन्दै जंगिए । त्यतिबेला रातको नौ बजेको थियो ।

उनीहरू यही विषयलाई लिएर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न लाजिम्पाट पेगे ।

सिंहदरबारमा मस्यौदा समितिको बैठक चलिरहेको थियो । माओवादी सभासद राति एघार बजे फर्केर आए, प्रचण्डको आग्रहअनुसार भोलिसम्म बैठक रोकन माग गरे ।

तर सभापति सिटौलाले मानेनन् । र, प्रचण्डलाई फोन लगाएर, प्रचण्डजी यस्ता कुरा झिकेर संविधान अड्काउने ? भोलि पशुपतिको मन्दिरमा गाईको टाउको काटेर झन्ड्यो भने के हुन्छ ?

जनताको भावनामाथि खेलवाड गर्दा भोलि धार्मिक दंगा भयो भने त्यसको जिम्मा लिन्छ कसले ?

अन्तिममा प्रचण्डले सिटौलालाई मिलाएर गर्नुस् भनेपछि गाई नै राष्ट्रिय जनावर बनाउने सहमति भयो । गाई र सिम्रिकबीच साइनो रहेको भन्दै सिटौलाले राष्ट्रिय रंग परिवर्तन गर्न नसकिने बताए ।

newspati.com बाट साभार

No comments:

Post a Comment