Friday, November 6, 2015

भारतीय कम्युनिष्ट पाटीले भन्यो- मोदीले नेपालसँग दुश्मनी गरेर भारतको छवी विगारे

काठमाडौंसँग छलफल गरी तत्काल नाकाबन्दी हटाउन माग 
काठमाडौं, २० कात्तिक । भारतीय कम्युनिष्ट पार्टी–माक्र्सवादी (सिपिआई–एम) ले नेपाल–भारत सम्बन्ध विगार्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबै शक्ति परिचालन गरेको आरोप लगाएको छ ।

मोदी सरकारले नेपालमाथि ‘हेपाहा नीति’ अपनाएको उसको आरोप छ । पार्टीको मुखपत्र ‘पिपल्स डेमोक्रेसी’मा सम्पादकीय लेख्दै पार्टीका पूर्व महासचिव प्रकाश करातले मोदी सरकारले नेपालसँग दुश्मनी गरेर भारतको छवी विगार्न खोजेको भन्दै तत्काल काठमाडौंसँग छलफल गरेर दुई देशबीचको सीमानाकामा भइरहेको अवरोध हटाउन माग गरेका छन् ।

करातले लेखेका छन्- ‘मोदी सरकारले यो हेपाहा नीति बन्द गर्नुपर्छ । नेपाल सरकारसँग छलफल गरेर सीमानाकामा देखिएका अवरोध हटाउनुपर्छ ।’ राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलको इशारामा मोदी सरकारले नेपाल नीति अख्तियार गरेको अरोप लगाउँदै करातले भारतीय दबदबाबाट बच्न नेपालले अन्तर्राष्ट्रिय फोरमहरु धाउन थालेको बताए ।

‘यो नीतिले पहिलै नै पाकिस्तानसँगको सम्बन्ध बिगारिसकेको छ र अहिले सांस्कृति र सभ्यता दुवै हिसाबले सबैभन्दा नजिक रहेको नेपालसँग सम्बन्ध बिगार्न गइरहेको छ । भारतको यो हेपाईबाट बच्न नेपाल अहिले अन्तर्राष्ट्रिय फोरमहरु खोज्न थालेको छ । यसले भारतको छविमा ठूलो असर पु¥याएको छ,’ उनले आफ्नो सम्पादकीयमा लेखेका छन् । साथै उनले मधेसवादी दललाई सकारात्मक वार्ताका लागि प्रेरित गर्न मोदी सरकारलाई आग्रह गरेका छन् ।
- dainik nepal

No comments:

Post a Comment