Tuesday, November 3, 2015

कर्फ्यु उल्लंगन गर्न खोज्दा वीरगंजमा हवाइ फायर

कर्फ्यु उल्लंगन गर्न खोज्दा वीरगंजमा हवाइ फायर
मङ्गलबार १७ कार्तिक, काठमाडौं– वीरगंजमा स्थानीय प्रशासनले लगाएको कफ्र्यु उलंघन गरेर प्रर्दशन गर्न खोज्दा प्रहरीले ३ राउण्ड हवाइ फायर गरेको छ। मंगलबार विहान ब्रह्म चौकमा मोर्चाका कार्यकर्ताहरुले प्रर्दशन सुरु गरेपछि प्रहरीले ३ राउण्ड हवाइ फायर गरेको हो।

हवाइ फायर पछि आन्दोलनकारी तितर वितर भएका छन्। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र प्रहरीबीच सोमबार नाका खुलाएको विषयलाई लिएर भएको झडपमा प्रहरीले चलाएको गोली लागेर भारत रक्सौलका २० वर्षीय आषिस रामको ज्यान गएपछि स्थानीय प्रशासनले सोमबार दिउसो ३ बजेदेखि अर्को आदेश नहुन्जेल सम्म लगाएको कर्फ्यु जारी गरेको छ।

मितेरी पुलमा मोर्चाका कार्यकर्ताले विगत चालिस दिनदेखि नाका ठप्प पार्दै जारी धर्नामा प्रहरीले सोमबार विहानै हस्तक्षेप गरी नाका सुचारु गरेको थियो। सोको विरोधमा मोर्चाका कार्यकर्ताले प्रहरी कार्यालयमा आक्रमणको प्रयास गरेपछि भएको झडपमा१० सुरक्षाकर्मी सहित दुईदर्जन आन्दोलनकारी घाइते भएका थिए। झडपले उग्ररुप लिएपछि स्थानीय प्रशासनले कर्फ्यु लगाउनु परेको पर्साका प्रमुख जिल्ला अधिकारी केशव राज घिमिरेले जनाए।

वीरगंज भन्सार क्षेत्रदेखि छपकैया, विर्ता, आदर्शनगर, माइस्थान , नगवा , घण्टाघर, रानीघाट, श्रीपुर, मुर्ली, पावरहाउस चोक, पिपरा, गण्डकलगायतका स्थानमा पाँच मिटर वरपर कर्फ्यु लगाएको प्रजिल घिमिरेले जनाए।
- nagarik news

No comments:

Post a Comment