|
|
रुस घर भएकी बोरन हालसालै आफ्नी आमासँग दक्षिण फ्लोरिडामा बसाई सरिन् । बोरन जन्मदेखि नै विभिन्न रोगहरुको शिकार भएकी थिइन् । पेन्टालोजी अफ क्यान्ट्रेल नामक रोगका कारण उनी पीडित छिन् । यो एउटा यस्तो दुलर्भ स्वास्थ्य अवस्था हो, जुन १० लाख मानिसमध्ये एक जनामा देखापर्दछ ।
बोरनकी आमा डारी बोरन भन्छिन्, ‘जब म गर्भवती थिएँ, डाक्टरहरुले मेरो बच्चा जिउँदो नजन्मिने बताएका थिए ।’ विरसाविया अन्य हिसामा अरु आम बालिकाजस्तै छिन् । उनलाई पेन्टिङ गर्न र वियोन्सको गीतमा झुम्न असाध्यै मन पराउँछिन् ।
अहिले एक चिकित्सक उनको उपचारप्रति आशावान छन् । यद्यपि अहिले बालिकाको सर्जरी गर्न मिल्दैन किनकी उनको पल्मोनरी अरोटामा ब्लड प्रेसर उच्च छ । आउने वर्ष एकपटक पुन बालिकाको स्वास्थ्य परीक्षण गरिनेछ र उनको अपरेशन गर्न सकिने नसकिने बिषयमा निश्चित गरिनेछ ।
श्रीमती बोरन एक एकल महिला हुन् र बालिकाको उपचारको लागि सहयोगको अपिल गरेकी छिन् । उनलाई बालिकाको औषधी र उपचार खर्च जुटाउन धौधौ छ । विरसाविया चिसोमा बस्न सक्दिनन्, यसकारण उनी फ्लोरिडा सरेकी हुन् ।
|
|
No comments:
Post a Comment