Saturday, November 7, 2015

फोहरबाट विद्युत् उत्पादन सुरु


पथरी ९मोरङ०, २१ कात्तिक । जिल्ला विकास समिति मोरङले वैकल्पिक ऊर्जा प्रविधि अपनाएर विराटनगर कारागारमा फोहरबाट विद्युत् उत्पादन सुरु गरेको छ ।

जिल्ला विकास समिति मोरङका वैकल्पिक ऊर्जा केन्द्रका अधिकृत ज्ञानेन्द्र सिंहका अनुसार कारागारमा प्रयोग हुँदै आएको ३५÷३५ घनमिटरका दुई वटा शौचालयबाट तीन किलोवाट विद्युत् उत्पादन सुरु गरिएको हो ।

मुलुकमा ऊर्जा सङ्कट भइरहेका बेलामा कारागारमा सो प्रविधिबाट जडित ऊर्जाले कारागार क्षेत्रभरि बिजुली बाल्न पुग्ने छ । त्यस्तै खाना पकाउनका लागि चारवटा चुल्होसमेत सञ्चालन गरिएको ऊर्जा अधिकृत सिंहले बताए ।
करिब पाँच लाखको लागतमा निर्माण भएको सो प्रविधिको जडान भएपछि कारागारमा बिजुलीको समस्या नरहेको कारागार प्रशासनले बताएको छ । रासस
- internetkhabar.com बाट साभार

No comments:

Post a Comment