Sunday, November 8, 2015

लौ आयो पानीबाट चल्ने बाइक, एक लिटर पानीबाट ५०० किलोमिटर चल्ने !

साओ पाओलो । भारतले गरेको नाकाबन्दीका कारण नेपालमा इन्धन संकट चुलिइरहेको छ । इन्धन पाइएको बेला पनि महंगीका कारण किनिनसक्नु छ । यस्तो तनावपूर्ण अवस्थामा एउटा खुसीको खबर सार्वजनिक भएको छ । किनकी ब्राजिलका एक नागरिकले पानीबाट चल्ने बाइक बनाएका छन् ।

साओ पाओलोका रिकार्डो एजवेडोइस नाम गरेको उक्त व्यक्तिले पानीबाट चल्ने बाइक बनाएका हुन् । यतिमात्र होइन, पानीबाट चल्ने बाइकको माइलेज पनि छक्कै पार्ने छ । उक्त बाइक एक लिटर पानीबाट ५०० किलोमिटरसम्मको दुरीसम्म चल्छ । यो मोटरसाइकलमा एउटा ब्याट्री पनि जोडिएको हुन्छ ।

रिकार्डोले आफ्नो उक्त पानीबाट चल्ने बाइकको नाम टी पावर एचटुओ राखेका छन् । उक्त बाइकमा पानी राखेपछि ब्याट्रीका कारण यसले हाइड्रोजन बनाउँछ । उक्त हाइड्रोजनबाट बाइक चल्दछ । बाइकको इन्जिनमा होइड्रोजनलाई इन्धनको रुपमा प्रयोग गरिन्छ । रिकार्डो अब आफ्नो बाइक परीक्षणका लागि तयार छन्, यो परीक्षण सफल भएमा बाइकको क्षेत्रमा अद्वितीय सफलता हासिल हुनेछ ।sajhapost भिडियो हेर्न तलको बाकस थिच्नुहोस

No comments:

Post a Comment