Tuesday, November 10, 2015

‘नेपालमै भएको प्राकृतिक स्रोत सम्पदालाई प्रयोग गरी नाकाबन्दीको विकल्प खोज्नुपर्ने’

काठमाडौँ, २४ कात्तिक । नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले नाकाबन्दीको विकल्प खोज्न सबै दल एक हुनुपर्ने बताउनुभएको छ ।

स्व गणेशमान सिंहको १०१औँ जन्मजयन्तीका अवसरमा गणेशमान सिंह फाउन्डेसनले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले नेपालमै भएको प्राकृतिक स्रोत सम्पदालाई प्रयोग गरी नाकाबन्दीको विकल्प खोज्नुपर्ने बताउनुभयो ।

विसं २०४६ को जनआन्दोलनका नायक गणेशमान सिंहले सबै दललाई एक गराएर जनआन्दोलनको नेतृत्व गरे जस्तै अब सबै दलहरू मिलेर आर्थिक क्रान्ति गर्नुपर्ने उल्लेख गर्नुभयो ।

No comments:

Post a Comment