|
|
उनले सरकार मुलुकको समस्या समाधानका लागि गम्भीर नभएको आरोप लगाएका हुन् । सोमबार एक विज्ञप्ती जारी गर्दै नाकाबन्दी खोल्न गरेको आग्रहप्रति आपत्ति जनाएका हुन् ।
उनले नाकाबन्दी भारतले नभई आफूहरुले गरेको भन्दै नाकाबन्दीको ४६ औं दिन भईसक्दा पनि सरकारले भारतले नाकाबन्दी गरेको भनेर मधेस आन्दोलनको बद्नाम गर्न खोजेको आरोप लगाएका हुन् ।
नाकाबन्दी आफूहरुले गरेको भनेर राजेन्द्र महतोले भनेपनि केहीदिनअघि वीरगञ्ज नाका खुलाउने क्रममा गरेको प्रहरी हस्तक्षेपमा अधिकांश भारतीय नागरिक पक्राउ परेका थिए भने एक भारतीयको प्रहरी कारबाहीमा मृत्यु भएको थियो ।
उनले मधेसको माग सम्बोधन नभएसम्म नाकाबन्दी नखुल्ने दावी समेत गरेका छन् ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले मधेसको समस्या समाधानका लागि विशेष प्रस्ताव ल्याएपनि महतोले मन्त्रिपरिषद बैठकले आन्दोलन र नाकाबन्दीको विषयमा नकारात्मक टिप्पणी गरेको र तर माग सम्बोधन हुने कुनै ठोष प्रस्ताव नल्याएको आरोप लगाएका छन् ।
मोर्चाले विगतदेखि उठाउँदै आएका शर्त पुरा नगरेसम्म वार्ताको वातावरण बन्न नसक्ने महतोले जनाए ।
nepalsandesh
|
|

No comments:
Post a Comment