Monday, November 9, 2015

‘नेपालसँग मोदीले हार स्वीकार गरे’

काठमाण्डु, २४ कात्तिक– नेपालमाथि नाकाबन्दी गरेका भारतीय प्रधानमन्त्रीले नेपालसँगको राजनीतिक लडाईमा हार स्वीकार गर्दै बन्द नाका सुचारु गर्न ‘सुरक्षित अवतरण’को मार्ग खोजीमा भौतारिन थालेको परराष्ट्रविदहरुले बताउन थालेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय नेताहरुको भेटवार्तामा यसपटक जति गरे पनि नसकिने गरी नेपालसँगको सम्बन्धमा फसेको र यसबाट निस्कने उपयुक्त मार्गको लागि सुझाव माग्ने गरेको स्रोतले बताएको छ । मोदीले नाकाबन्दीले यस्तो अवस्था आउला भन्ने समेत नसोचेको र अन्तर्राष्ट्रिय दबाबको सामना गर्न निकै चर्को मूल्य चुकाउनु पर्ने अवस्था सिर्जना भएपछि भारतले नाकाबन्दीको विकल्पमा सुरक्षित अवतरणको खोजीमा जुटेको सूत्रहरु बताउँछन् ।

स्रोतका अनुसार नेपाली कांग्रेसले सरकारले पेश गरेको संविधान संशोधनको प्रस्तावमा मधेशवादी र सरकारले मिलन गराएर सहमति भएको बहानामा भारतले नाकाबन्दी खुल्ला गर्ने योजना अघि सारेको छ । –जनसवाल दैनिकबाट kathmandutoday

No comments:

Post a Comment