Wednesday, November 25, 2015

गाडी जलाउने, पुल भत्काउने, एम्बुलेन्स तोडफोड गर्नेलाई जेल हाल्छुः गृहमन्त्री बस्नेत

काठमाडौं, ९ मंसिर । गृहमन्त्री शक्तिबहादुर बस्नेतले राजमार्ग अवरुद्ध गर्न जोसुकैलाई पनि कारवाही गर्ने चेतावनी दिनुभएको छ ।

व्यवस्थापिका संसदको राज्य व्यवस्था समिति बैठकमा स्पष्टिकरण दिँदै मन्त्री बस्नेतले एम्बुलेन्स र औषधि बोकेको गाडी जलाउने र पुल भत्काउनेलाई खोजी खोजी जेल हाल्ने बताउनुभयो ।

उहाँले भन्नुभयो– जनजीवनलाई सामान्य तुल्याउन, राजमार्गमा देखिएको अवरोध हटाउने कार्यलाई सरकारले सजकता र विशेष जिम्मेवारीका साथ काम गरिरहेको छ । औषधि बोकेको गाडी जलाउने, पुल भत्काउने तथा आगजनीका घटना गराउनेलाई कानुनी कठघरामा उभ्याउने र शान्ति सुरक्षाको भरपर्दो अनुभूति गराउन सरकार दृढ छ ।

मन्त्री बस्नेतले एम्बुलेन्स र औषधि बोकेको गाडी जलाउने तथा सद्भाव र्यालीमाथि हुँदै आएको आक्रमणबाट आन्दोलनकारीको मनस्थिति प्रष्ट भएको बताउँदै उहाँले शान्ति सुरक्षाका लागि प्रहरीमाथि गुलेली र हातेबमबाट आक्रमण गर्नेलाई नियन्त्रण लिने क्रममा केही भागमा छिटफुट भिडन्त भएको जानकारी दिनुभयो । - dainiknepal

No comments:

Post a Comment