|
|
राजदूत राय मंगलबार साँझ अचानक स्वदेश गएका हुन् ।
व्यवस्थापिका सांसदको बैठकमा भारतीय राजदूत रञ्जीत रायलाई नेपालबाट देश निकाला गर्नुपर्ने मागसहित सांसदहरूले नाराबाजी गरे लगत्तै राजदूत राय नयाँदिल्ली प्रस्थान गरेका हुन् ।
स्रोतका अनुसार नेपाल र भारतबीच बिग्रदै गएको सम्बन्धका विषयमा बिफ्रिङ् गर्न राजदूत राय नयाँदिल्ली गएका हुन् ।
नेपालमा नाकाबन्दी लगाएर आलोचित बनेको भारतीय पक्षलाई नेपाली जनताहरूले खुब आलोचना गरेका छन् ।
भारतीय पक्षले विशेष गरेर मधेसी मोर्चाको आन्दोलनलाई उचालेर नेपाली राजनीतिमा हस्तक्षेप गरेको आरोप छ ।
भारतीय र भारतीय राजदूत रायको नेपालमा जमेर आलोचना भइरहेका बेला उनी अचानक नयाँदिल्ली प्रस्थान गर्नुलाई महत्वका साथ लिइएको छ ।
भारतीय राजदूत अकस्मात नयाँदिल्ली प्रस्थान गरेको विषयलाई लैनचौरले गुपचुप राखेको छ । यस विषयमा लैनचौरले औपचारिक रुपमा केही पनि भनेको छैन ।
- dainik nepal
|
|
No comments:
Post a Comment