Tuesday, December 29, 2015

मधेसी आन्दोलनकारी र जनतामाथि अन्याय नरोक्दासम्म सहमति हुँदैन्: ठाकुर

माग पूरा नभएसम्म कुनै हालतमा आन्दोलन नरोक्ने
काठमाडौँ, १४ पुस । तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेस र मधेसी जनताको माग पूरा हुने विश्वसनीय वातावरण नबनेसम्म आन्दोलन नरोकिने बताउनुभएको छ ।

रिपोर्टर्स क्लबको ज्ञापनपत्र आज पार्टी कार्यालय बिजुलीबजारमा बुझ्दै उहाँले मधेसी आन्दोलनकारी र जनतामाथि अन्याय नरोक्दासम्म सार्थक निष्कर्षमा पुग्न सकिँदैन भन्नुभयो ।
उहाँले भन्नुभयो – “राज्यले वार्ताबाट समस्याको समाधान खोजेको छैन, घाइते आन्दोलनकारीको उपचार भएको छैन, उपचार गराइरहेकालाई वास्ता गरेको छैन ।”

नेपाली काँग्रेस र एकीकृत नेकपा(माओवादी)सँग भएको वार्ताले पनि निष्कर्ष नदिएको उल्लेख गर्दै अध्यक्ष ठाकुरले भन्नुभयो – “बुँदागत रुपमा छलफल गरौँ, सहमति गर्ने विषयमा सहमति गरौँ, गर्न नसक्ने विषयमा पुनः छलफल गरौँ ।”

अध्यक्ष ठाकुरले चाँडो समस्याको समाधानका लागि मधेसको माग सम्बोधन हुनुपर्ने बताउनुभयो । रासस
-दैनिक नेपाल

No comments:

Post a Comment