|
|
संसदको आजको बैठकमा संविधान संशोधनमा सैद्धान्तिक छलफलमा सहभागी हुँदै कांग्रेस सांसद महतले नेपालभित्र बस्ने जो भए पनि त्यसलाई सहुलीयत दिएर अगाडि लैजानु पर्ने बताउनुभयो । उहाँले जनतालाई राज्यका हरेक अंगमा समान सहभागिता र अधिकार दिइनुपर्ने बताउनुभयो ।
उहाँले सीमाङ्कनको कुरालाई तत्काल केही गर्न नसकिने बताउनुभयो । ‘संघीयता हाम्रा लागि नयाँ विषय हो’, उहाँले भन्नुभयो, ‘सीमाङ्कन अनुभवका आधारमा परिवर्तन गरिँदै जानुपर्छ ।’ सांसद महतले मधेसी मोर्चालाई सीमानाकामा नबस्न आग्रह पनि गर्नुभयो ।
एमालेका सांसद शेरबहादुर तामाङले हिमाल, पहाडमा बस्ने जनता, जनता होइनन् भन्ने मान्यता बोक्ने दलहरूका अभिव्यक्ति जायज नरहेको बताउनुभयो । उहाँले तराई मधेसमा बस्ने मात्रै जनता हुन् भन्ने मान्यता आफूहरूलाई कदापि मान्न तयार नरहेको बताउनुभयो । ‘भूगोल मधेसमा बस्नेहरूका लागि मात्रै हो भन्ने कुरा हामी मान्न बाध्य छैनौँ’, सांसद तामाङले भन्नुभयो, ‘सिट संख्या दिँदा सबैलाई बराबर दिनपर्छ । केही मान्छेले नारावाजी गर्दैमा जनताको प्रतिनिधित्व हुन्छकि हुँदैन बुझ्नु पर्छ ।ण्द्दज्ञड
उहाँले भन्नुभयो, ‘नवलपरासी, सुनसरी, झापा र मोरङका जनताले के चाहन्छन् बुझ्नुपर्छ । जसले जे मन लग्यो त्यो गर्ने हो भने यसरी सहमतिको ठाउँमा पुग्दैनौँ ।’
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सांसद योगेन्द्रकुमार चौधरीले राजनीतिक सहमतिका आधारबाट संविधान संशोधनलाई टुङ्गाउनु पर्ने बताउनुभयो । उहाँले संविधान संशोधनको प्रस्ताव अपूर्ण रहेको भन्दै सीमाङ्कनको विषय पनि ल्याउनु पर्ने माग गर्नुभयो । उहाँले भन्नुभयो, ‘फोरम लोकतान्त्रिक सरकारमा छ भन्दैमा यो संशोधनलाई समर्थन गर्छ भन्ने छैन । यसमा राजनीतिक सहमति जुटाउनु पर्छ ।’ सांसद चौधरीले मधेसी र थारुको मागलाई छिटो सम्वाद र सम्वादमार्फत सम्बोधन गर्नुपर्ने बताउनुभयो ।
कांग्रेसका सांसद रामहरि खतिवडाले निर्वाचन क्षेत्र बनाउँदा जनसंख्या र भूगोललाई उत्तकै स्थान दिनुपर्ने बताउनुभयो । ‘भूगोलका आधार नमान्ने हाम्रा केही साथीहरूको माग जायज छैन’, उहाँले भन्नुभयो, ‘पहाडका कतिपय क्षेत्र घुम्न तीनदेखि पाँच दिनसम्म लाग्छ । सबैलाई बराबरी अधिकार चाहिन्छ ।’ उहाँले मधेसी मोर्चालाई लैनचौर सीमानाकामा नबस्न आग्रह गर्दै वार्ता र सम्वादमा आउन सुझाव दिनुभयो ।
संसदमा संविधान संशोधनमाथिको सैद्धान्तिक छलफल चलिरहेका बेला मधेसी र थारु सांसदहरूले नाराबाजी र अबरोध गरिरहेका थिए । उनीहरूको अबरोध र नारावाजीका बीच सदन चलेको छ ।
मधेसी मोर्चाले जनसंख्यालाई मात्रै आधार बनाएर निर्वाचन क्षेत्र बनाउन माग गर्दै आएको छ । तर यो मागलाई कांग्रेस, एमाओवादी, एमालेसहितका दलहरूले बिरोध गर्दै जनसंख्या र भूगोलका अधारमा निर्वाचन क्षेत्र बनाउन संशोधन प्रस्ताव सदनमा पेस भएको छ ।
-dainik nepal
|
|
No comments:
Post a Comment