Monday, December 28, 2015

प्रधानसेनापति क्षेत्री भन्छन्- बाह्य खतराविरुद्ध लड्न नेपाली सेना तयार छ

देशभरीका रथी र पृतनापतिको जंगी अड्डामा भेला 
काठमाडौँ, १३ पुस । जङ्गी अड्डामा आज पिएस्ओज रथीवृन्द तथा पृतनापति सम्मिलित ‘पृतनापति समन्वयात्मक बैठक-२०७२’ सम्पन्न भएको छ ।

उक्त अवसरमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री भीमबहादुर रावलले राष्ट्र र जनताको सर्वोत्तम हित र सुरक्षाका लागि उत्पन्न हुन सक्ने परिस्थितिको आकलन गरी जस्तोसुकै चुनौतीको पनि सामना गर्न सक्ने गरी नेपाली सेनालाई आधुनिकीकरण गर्दै साधन र स्रोत सम्पन्न बनाई तयारी हालतमा रहन निर्देशन दिनुभयो ।

प्रधानसेनापति राजेन्द्र क्षत्रीले अबका दिनमा आन्तरिक तथा बाह्य खतरालाई सम्बोधन गर्ने गरी राष्ट्रिय सुरक्षालाई व्यापक र फराकिलो बहुआयामिक अवधारणाका रुपमा लिई राष्ट्र र जनता दुवैलाई राष्ट्रिय सुरक्षाका सन्दर्भमा केन्द्रबिन्दुका रुपमा लिई नीतिनिर्माण गर्नुपर्ने बताउनुभयो ।

बैठकमा पृतनापतिले आ-आफ्नो जिम्मेवारी क्षेत्रको कार्यसमीक्षा, वर्तमान वस्तुस्थिति, भविष्यमा आइपर्न सक्ने चुनौती एवम् सुझावका सम्बन्धमा प्रस्तुतीकरण गर्नाका साथै वर्तमान वस्तुस्थितिबाट उत्पन्न असहज परिस्थिति एवम् सुरक्षा चुनौतीका सम्बन्धमा छलफल गर्नुभएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । रासस
- dainik nepal

No comments:

Post a Comment